भारतमा अचाक्ली गर्मी, नेपालको तराईमा कस्तो छ ?
काठमाडौँ । पछिल्लो साता भारत उत्तरप्रदेशको बान्दा सहरमा ४८ डिग्री सेल्सियसम्म तापक्रम पुग्यो । राजस्थानको श्रीगंगानगर, हरियाणाको सीर्सामा पनि यही हाराहारीमा तापक्रम पुग्यो । चर्को गर्मीले जनजीवन प्रभावित भइरहेको छ । घर बाहिर निस्कनै सकस छ भने दिउँसोको समयमा पसल व्यवसाय सबै ठप्प छन् । विद्यालयमा केही दिन बिदा दिइयो ।
खासगरी उत्तरी भारतमा गर्मी अचाक्ली नै छ । भारतका महानगरहरूतर्फ राजधानी दिल्ली सबैभन्दा तातो छ । त्यहाँ पनि गत साता ४५ डिग्रीसम्म तापक्रम पुग्यो । मुम्बई, चेन्नाई, हैदराबाद, बैंग्लोर, अहमदाबाद र पुनेमा पनि चर्को गर्मी छ । हाल प्रि-मनसुनका कारण केही मात्रामा वर्षा हुँदा तापक्रम केही घटेपनि घाम लाग्दा गर्मी उस्तै छ ।
नेपालमा पनि तापक्रम निकै बढेको छ । पूर्वी तराईभन्दा पश्चिम तराई बढी तातो देखिएको छ । भारतमा गर्मीले जनजीवन नै प्रभावित भएको बेला नेपालमा भने यसको असर त्यति ठुलो देखिएको छैन । भारतमा किन यति धेरै गर्मी भइरहेको छ ? हरेक वर्ष किन गर्मी बढिरहेको छ ? नेपालमा यसको असर कतिसम्म पर्ला ? गर्मीका कारण आउने स्वास्थ्य समस्या के हुन् र कसरी बच्ने ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण