२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ जना पक्राउ
सारांश
- प्रहरीले फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गर्ने १३ जनालाई पक्राउ गरेको छ।
- टोखा र चन्द्रागिरीमा खाल्डो खनेर लुकाएको अवस्थामा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।
- यस कारोबारबाट ७ लाख ८७ हजार नगद, २४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनको सेट पनि बरामद गरिएको छ।
काठमाडौँ । फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको टोखा र चन्द्रागिरीमा खाल्डो खनेर लुकाएको अवस्थामा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए।
जेठ २७ देखि ३१ सम्मको अवधिमा ट्रामाडोल कारोबारमा संलग्न १३ जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रुपन्देही घर भएका २९ वर्षीय सागर बुढाथोकी, भक्तपुरका ४५ वर्षीय उद्धव श्रेष्ठ, विकाश काफ्ले, सिन्धुली घर भएका माया बिसङ्खे, कालिकोट घर भएका २६ वर्षीय खड्का रोकाया, २७ वर्षीया कमला थामी, बाजुरा घर भएकी २९ वर्षीया मेनुका थामी, बारा घर भएका ३४ वर्षीय सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार, काठमाडौँ घर भएकी ४० वर्षीया मोनिका श्रेष्ठ र २९ वर्षीय सुशीला महर्जन छन्।
लागुऔषध कारोबारको ७ लाख ८७ हजार नगद र उनीहरूको साथबाट २४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम, र फेनारगनको सेट बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी टोलीका मुख्य खम्बा तारेमी
-
बागमती प्रदेशसभा बैठक सुरु
-
बेलायतमा सामाजिक सञ्जाल चलाउन १६ वर्ष पार गर्नैपर्ने
-
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.८३ प्रतिशत रहने, प्रतिव्यक्ति आय राष्ट्रिय भन्दा बढी
-
राजनीतिक तनावको छायामा इरान, विश्वकप तयारीमा अनेक अवरोध
-
विश्वकपको मञ्चमा इरान र न्युजिल्यान्ड : दुवै टोलीलाई जितको तिर्खा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण