प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
सारांश
- निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ ।
- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित वाग्ले र सुब्बाको सुनुवाइ गर्न मंगलबार बिहान ११ः१५ बजे बैठक बोलाएको छ ।
- समितिले उनीहरूको योग्यता, कार्ययोजना र अवधारणाबारे छलफल गरी अनुमोदन गर्ने वा नगर्ने निर्णय लिनेछ ।
काठमाडौँ । निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित ओखलढुङ्गा निवासी गुरूप्रसाद वाग्ले र काठमाडौँ निवासी डा.राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित वाग्ले र सुब्बाको सुनुवाइ गर्न मंगलबार बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बैठक बोलाएको छ ।
समितिले वाग्ले र सुब्बालाई बैठकमा आमन्त्रण गरी उनीहरूको योग्यता, कार्ययोजना र अवधारणाबारे छलफल गर्नेछ । सुनुवाइ प्रक्रिया सकिएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई निर्वाचन आयुक्तको पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
समितिका उपसचिव सावित्रा शर्माद्वारा जारी सूचना अनुसार बैठकमा सुनुवाइका अतिरिक्त अन्य विविध विषयमा समेत छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण