चर्चा गोविन्दाको, आकर्षण टिनाको
काठमाडौं – बलिउड चलचित्र नगरीबाट जो कलाकार नेपाल आएपनि सबैको आकर्षणको केन्द्र बन्ने गरेका छन् । यस्तै आकर्षणको केन्द्र बलिउड अभिनेता गोविन्दा पनि बनेका थिए । उनी मात्र कहाँ हो र उनको साथमा आएकी उनकी छोरी टिना पनि मिडिया तथा फिल्मकर्मीका लागि आकर्षणको केन्द्र बनिन् ।
शनिबार बुबा गोविन्दाको साथमा नेपाल भ्रमणमा आएकी टिना आइतबार राजधानीमा आयोजित तेस्रो सिनेसर्कल अवार्डमा समेत सहभागी भइन् । कालो कलरको गाउनमा सजिएकी टिना कार्यक्रममा मिडियाका लागि मात्र होइन । फिल्मकर्मी तथा आयोजकका लागि समेत आकर्षणको केन्द्र बनिन् ।
निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा उनी कार्यक्रम सुरु नहँुदै आएकी थिइन् । सभागृहको स्टेजसँगैको बायाँ पट्टीको ढोकाबाट कार्यक्रमस्थल प्रवेश गरेकी उनी सुरुदेखि अन्तिमसम्म मिडियाको क्यामेरामा कैद भइन् ।
टिना बलिउड अभिनेत्री त होइनन् । तर अभिनेता गोविन्दाको छोरी भएका कारणले सबैको आकर्षक केन्द्र बन्न सफल भइन् । कार्यक्रममा केही अवार्ड समेत वितरण गरेकी टिनातिर सबैको नजर अड्किएको थियो ।
उनी अवार्ड वितरणका लागि स्टेज पुग्दा दर्शक दीर्घमा रहेर अवार्ड नियालीरहेका नेपालका धेरै फिल्मकर्मीले बलिउडकी अभिनेत्री रविना टण्डनसँग पनि तुलना गरे । केही निर्माता निर्देशकले भने उनलाई नेपाली फिल्म खेलाउन पाए आफ्नो र चलचित्र दुबैको चर्चा हुने तर्क राखेका थिए । केही फिल्मकर्मीले भने सँगै मिडियाको क्यामरामा कैद हुन उनी बसेको सिटको पछाडी सिटमा बस्न तछाड मछाड समेत गरे ।
कार्यक्रममा सहभागी अधिकांश फिल्मकर्मीको नजर अवार्डमा भन्दा पनि टिना र गोबिन्दामा अड्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण