दहचोकको इन्द्र दहमा विशेष मेला, यस्तो छ धार्मिक विश्वास (फोटोफिचर)
काठमाडौं – काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा रहेको इन्द्र दहमा आज (मंगलबार) विशेष मेला लागेको छ ।
प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन यो स्थानमा स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ । इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ ।
पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नास हुने जनविश्वास पाइन्छ ।
उक्त स्थानमा इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा सोही दहमा स्नान गरेको समय देखि जात्रा मनाउन थालिएको स्थानिय समाजसेवी देबेन्द्र गिरीले बताए ।

इन्द्रले फूल चोरी गरेको अभियोगमा वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजायस्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको बुढापाका बताउँछन् ।

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने कुरा आफुले बाजेको पालादेखि नै सुन्दै आएकोले पनि मेला भर्न आएको नागर्जुन ६ का किशोर श्रेष्ठले बताए ।

थानकोट, नैकाप, सितापाइला लगायत बिभिन्न स्थानबाट सजिलै पुग्न सकिने मोटर बाटोको अलवा पर्यटकका लागि बनाइएको बिभिन्न पदयात्रा मार्ग समेत रहेकोले मेलामा भिडभाड हुने गरेको हो ।
काठमाडौँ उपत्यकाको अलवा धादिङ, मकवानपुर, गोर्खा लगायतका स्थानबाट पनि यो दिन मेला भर्न सर्वसाधारण आउने गरेका छन् ।

पूर्णिमाको अघिल्लो साँझमा मन्दिरमा बत्ती बाल्ने चलन पनि रहेको छ । मृत्य भएका घरको सदस्यको नाममा यहाँ बत्ती बाल्नाले ती व्यक्तिले मोक्क्ष पाउने विश्वास रहिआएको स्थानीय मदन थापाले बताए ।
सोमबार साँझबाटै भीडभाड देखिएको मन्दिरमा भक्तजनको सुविधाका लागि बिहानैदेखि दह खुला गरिएका थियो । दह साँझसम्म खुला रहनेछ ।

बिगत केही दिनदेखि पानी नपरेको र आज मौसम पनि सफा रहेको कारण विगतका केही बर्षको भन्दा भक्तजनको चाप यो वर्ष बढी रहने अनुमान स्थानीयको छ ।

मेलामा खानेकुरा, लत्ताकपडादेखि विभिन्न खेलौनाको समेत स्टल राखिएका छन् । आजको दिनलाई नै लक्षित गरेर केही मौसमे होटल समेत खोलिएका छन् ।
मेलामा स्थानीय उत्पादन तरकारी, फलफूल र अन्य घरेलु सामान समेत राखिएका छन् ।

मेलामा आउने भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरीका अलवा नेपाल स्काउट, स्थानिय स्वयम्म सेवकको समेत व्यवस्था गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण