नक्कली नोटकाण्डमा मेरो जिन्दगी पनि चेट भयोः चङ्गा चेटका निर्माता
काठमाडौं – निर्माता माधव वाग्लेले आफूलाई प्रहरी कर्मचारीले फूलीको लोभमा फसाएको आरोप लगाएका छन् ।
चलचित्र ‘चङ्गा चेट’मा रहेको ‘गोजीमा दाम छैन..’ बोलको गीतले डेढ दर्शक करोड पाएको खुसियालीमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
केही केही महिनाअघि मात्रै वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेर हिरा भएका थिए ।
‘नक्कली नोटमा फिल्म प्रयोजनका लागि भनेर स्पष्ट लेखिएको थियो’ उनले भने ‘तर, फूलीको लोभमा प्रहरी प्रशासनले मलाई फसायो ।’
आफू निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’को प्रयोजनका लागि बनाएको नक्कली नोट ‘प्रप्स’ भएको उनले खुलाए ।
‘मैले दुई वर्ष अगाडि कल्पना गरेको कथामा अहिले ‘चङ्गा चेट’ बन्यो’ उनले थपे ‘चलचित्रको कथा जस्तै नक्कली नोट कान्डमा मेरो आफ्नो जिन्दगी चेट भयो ।’
वाग्लेले ‘चङ्गा चेट’ आफ्नो जिन्दगीको किताव भएको सुनाए ।
निडर स्वभावका निर्माता वाग्ले ‘लुट’का निर्माता पनि हुन् । केही व्यावसायिक सफल चलचित्र निर्माण गरेका वाग्ले खुलेर चलचित्र प्रचार गर्ने निर्माता पनि हुन् ।
तर उनले अहिले ‘चङ्गा चेट’को भने राम्रो प्रचार गर्न सकिरहेका छैनन् । नक्कली नोटको आरोपमा परेपछि आफ्नो आर्थिक अवस्था दयनीय बनेकाले चलचित्रको आवश्यक प्रचारप्रसार गर्न नसकेको उनको भनाइ छ ।
वाग्ले नक्कली नोट काण्डमा करिब ४ महिना जेल जीवन बिताएर २५ लाख घरौटी तिरेर रिहा थिए ।
उनी विरुद्धको मुद्धा अहिले अदालतमा विचाराधिन छ ।
पत्रकार सम्मेलनमा मिडियाको प्रशंशा गर्दै उनले भने, ‘मिडिया कति शक्तिशाली रहेछ मैले बल्ल बुझेँ । प्रहरी प्रशासनदेखि अदालतसम्म मिडियाको अगाडि झुक्दो रहेछ । मलाई यही मिडियाले सबैमाझ चिनायो ।’
वाग्लेले बनाएको चलचित्र ‘चङ्गा चेट’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र के. खनालले निर्देशन गरेको यो प्रियंका कार्की , आयुष्मान डिएस जोशी , सन्दीप क्षेत्री ,पारमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झा लगायतको अभिनय रहेको छ ।
– कार्यक्रममा निर्देशक खनालले आफूले दर्शकका लागि राम्रो र मनपर्ने चलचित्रको रुपमा ‘चङ्गा चेट’ बनाएको बताए । उनले कमेडी बिषय चलचित्रमा उठाएपनि अहिले बजारमा आएका चलचित्र भन्दमा भिन्न रहेको सुनाए ।
– अभिनेत्री सुरक्षा पन्तले चलचित्रको बिषयबस्तु उत्कृष्ट भएको कारण अभिनय गरेको बताइन् । उनले बालकदेखि बृद्धासम्मले चलचित्र ‘चङ्गा चेट’ मन पराउने दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण