दुर्घटनामा परे अभिनेता बिपिन कार्की
काठमाडौं – चर्चित अभिनेता बिपिन कार्की दुर्घटनामा परेका छन् । उनी आज बिहान ७ बजेर ४५ मिनेटमा कलंकीमा दुर्घटनामा परेका हुन् ।
मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्र्याक्चर देखिएको छ ।
अहिले बल्खुमा अवस्थित बयोधा हस्पिटलमा कार्कीको उपचार भइरहेको ‘जात्रै जात्रा’का निर्देशक प्रदीप भट्टराइले बताए ।
‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा उनी दुर्घटनामा परेकाहुन् । उनको दुर्घटनाले चलचित्रको आजको छायाँकन समेत रोकिएको छ ।
‘अभिनेता कार्कीको अवस्था अहिले सामान्य रहेको छ,’ निर्देशक भट्टराइले भने ‘खुट्टामा भने फ्र्याक्चर देखिएको छ । केही दिन उनले रेष्ट गर्नु पर्ला,’ ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको निर्देशक भट्टराइले बताए ।
पछिल्लो समयका निकै ब्यस्त अभिनेता उनको ‘जात्रै जात्रा’ लगायत केही चलचित्र छायाँकनमा छन्, भने केही प्रदर्शनको क्रममा छन् । अभिनित चलचित्र ‘प्रसाद’ यही २१ गते रिलिज हुदैछ । यसको प्रचारमा हिँड्ने बेला उनी दुर्घटनामा निर्माण युनिटलाई ठूलै घाटा लाग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण