म ‘मिस वर्ल्ड’ को उत्कृष्ट ५ मा नपर्दा धेरै जना रोए
काठमाडौं – मिस नेपाल श्रृङ्खला खतिवडाले हालै सम्पन्न ‘मिस वल्र्ड’मा आफु उत्कृष्ट ५ भित्र नपरेको देखेर अन्य देशका धेरै सहभागी रोएको बताएकी छन् । ‘म उत्कृष्ट ५ भित्र पर्ने अधिकांश सहभागी प्रतियोगीको अनुमान थियो’ उनले भनिन् ‘उत्कृष्ट ५ को सूचिमा नेपालको नाम नआउँदा धेरै जना रोए ।’ धेरैले आफ्नो नाम उत्कृष्ट ५ मा नआउँदा खल्लो लागेको बताएको उनले सुनाइन् ।
चीनको सान्यामा केही दिन अगाडि सम्पन्न ‘मिस वल्र्ड’मा सहभागी भएर बुधबार साँझ स्वदेश फर्किएकी उनी शुक्रबार पत्रकार माझ प्रस्तुत भएकी हुन् । टप ५ मा नपर्दा सबैलाई खल्लो लागेको आफुलाई महशुस भएको बताएकी उनले ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पोज’को अवार्ड नेपाल भित्र्याउनु उपलब्धिको रुपमा चर्चा गरिन् ।
‘नेपालको विषयमा आफुले प्रस्तुत गरेको भिडियोले अन्य देशका सहभागीले नेपालको बारेमा जानकारी पाए’ उनले अगाडि भनिन्– ‘मिस वल्र्ड’ को इतिहासमा सर्वाधिक भोट पाउने प्रतियोगीको रुपमा रेकर्ड समेत बनाए ।’ उनले थपिन् ‘आयोजकले नै एसएमएसको रेडर्क बनाउनुभयो । बधाई छ भनेर भन्दा खुसी लाग्यो ।’
कार्यक्रममा श्रृखलाले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना सानैदेखि रहेको सुनाइन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ उनी भन्दै थिइन् ‘यो चहाना बच्चै देखिको हो । तर राजनीतिमा आउने इच्छा र रहर भने छैन ।’
नेपालबाट मिस वल्र्ड अहिलेसम्म सहभागी प्रतियोगीमध्ये सबैभन्दा प्रभावशाली प्रतियोगी बनेकी श्रृङ्खलाले आफु हरेक पक्षबाट सक्षम हुँदाहँुदै पनि देशका कारणले उपाधि चुम्न नसकेको धारणा राखिन् । नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको उनको भनाई रहेको थियो । मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको उनले सुनाइन् ।
प्रतियोगितामा भोटिङको अलवा प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जज्मेन्ट हुने गरेकोले आफुले प्रतियोगिताको जजमेन्टको बारेमा औंला उठाउन नसक्ने उनले बताइन् ।
ताज पहिरिन नपाए पनि मिस वल्र्डमा सहभागी भएर आफुले धेरै कुरा सिक्ने मौका पाएको बताएकी उनले अबको दिन समाज सेवामा लागि पर्ने बताइन् । विश्वका १२१ सुन्दरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा १२ औं नम्बरमा पर्न सफल उनले निर्मला पन्तको बिषयमा समेत आवाज उठाउने बताइन् ।

‘मिस वल्र्डमा जानु पूर्व पनि म निर्मालाको न्याए माग्ने जुलुसमा सहभागी थिए’ उनले थपिन् ‘अहिलेसम्म न्याए नपाउदा दूःख लागेको छ । उनको न्याएका लागि आगामी दिनमा पनि आवाज बुलन्द गर्न पछि हट्ने छैन ।’
अधिकांश मिस नेपाल चलचित्र क्षेत्रमा देखिएका छन् । तपाइको इच्छा छ कि छैन ? एक पत्रकारले सोधेको प्रश्नमा उनले भनिन् ‘यो क्षेत्रप्रति मेरो कुनै इन्ट्रेस्ट छैन ।’ नेपालका पुरै जिल्ला घुमेर देशको बारेमा जानकारी लिने सोचमा रहेकी उनले आफ्ना बारेमा युट्युव च्यानलहरुमा आउने विभिन्न समाचारले दुःख लागेको बताइन् ।
‘विभिन्न टाइटल राखेर युट्युवले मेरा बारेमा चाहिँदो समाचार बनाइरहेका छन् ’ उनी भन्दै थिइन् ‘यस्ता समाचारले मेरो र पत्रकारिता दुबैको बदनाम गरेको छ ।’ उनले पत्रकारिता मर्यादित पेसा भएकोले युट्युवमार्फत पेसाको बदनाम नगर्न सबैलाई आग्रह गरिन् ।
मिस नेपालमा प्रतियोगीको रुपमा भित्रिनुनै समाज सेवा र मिस वल्र्ड भएको बताएकी श्रृङ्खलाले मिस वल्र्ड यात्रा सकिए पनि समाजसेवा भने जारी रहेको बताएकी थिइन् । श्रृङ्खलाले ‘मिस वल्र्ड’मा प्रस्तुत गरेको भिडियो समेत देखाइएको कार्यक्रममा उनले आफुले मकवानपुरको चेपाङ बस्तीमा मिस नेपाल भएपछि बनाउन लागेको हेल्थ पोष्टको समेत जानकारी दिइन् । ५० लाख लागतमा तयार हुन लागेको हेल्थपोष्ट छिट्टै सन्चालनमा आउने उनले जानकारी दिइन् ।
उनले जाडोका लागि मकवानपुरको चेपाङ बस्तीमा एक हजारवटा कमलसहितको न्यानो कपडा अब छिट्टै वितरण गर्ने जानकारी दिइन् । उनको गृहजिल्ला पनि मकवानपुर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण