नेपालको शीर उच्च पारेर फर्किएकी छु : मिस नेपाल युनिभर्स मनिता देवकोटा
काठमाडौँ । मिस नेपाल युनिभर्स मनिता देवकोटाले मिस युनिभर्स २०१८ मा भाग लिएर नेपालको शीर उच्च पारेर फर्किएको बताएकी छिन् ।
दोस्रो पटकको सहभागितामा नै नेपालले ठूलो सफलता प्राप्त गर्न सफल भएको जिकिर गर्दै उनले यो ठूलो उपलब्धि भएको बताइन् ।
नेपाललाई प्रतिधित्वि गर्दै प्रतियोगितामा भाग लिएकी देवकोटा एसिया, अफ्रिका र प्यासिफक राष्ट्रमध्ये शीर्ष पाँच तथा समग्रमा शीर्ष १० मा पुग्न सफल भएकी थिइन् ।
मिस युनिभर्स प्रतियोगिताको अनुभव बाँड्दै उनले नेपाल पहिलोपटक अक्सन नाइट गालामा नेपाल पहिलो पटक नोटिस भएको जानकारी दिइन् ।
‘बुद्धिस्ट स्याडो बक्सलाई लिलामीमा राख्ने मौका पाएकी थिएँ,’ उनले भनिन्, ‘उनीहरुले मेरो संवादको शैली निकै मनपराए । त्यस्तै बौद्ध धर्मावलम्बीहरु धेरै भएकाले नेपालले पठाएको उपहार पनि उनीहरु निकै मनपराए ।’

उनका अनुसार उक्त स्याडो बक्सले लिलामीमा सबैभन्दा बढी रकम संकलन गरेको थियो । ३ सय डलरको उक्त बक्सले ९ हजार ६ सय अमेरिकी डलर संकलन गर्न सफल भएको थियो ।
त्यसपछि राष्ट्रिय पोशाक प्रदर्शनीमा बुद्धमा आधारित पहिरन तयार गरेको कारण पनि थाई जनताले निकै मन पराएको बताइन् ।

यसपटक ६० प्रतिशत अंक अन्तर्वार्ताको राउण्ड र २० प्रतिशत अंक प्रिलिमिनरी गाउन र २० प्रतिशत अंक स्वीमसुट कम्पिटिसनबाट ग्रेडिङ गरिएको थियो ।
मनिताका अनुसार अन्तरर्वाता राउण्डमा राम्रो प्रदर्शन गरेकाले आफू शीर्ष १० सम्म पुग्न सफल भएको पनि बताइन् ।
उनले आफू गैरआवासीय नेपाली भएको कारण मलाई सँधै नेपालका लागि केही गरौँ भन्ने भाव रहेको पनि बताइन् । ‘अहिले आएर अन्तर्राष्ट्रिय स्टेजमा नेपालको नाम पुर्याउनु पाउँदा गर्वान्वित र प्रशन्न छु,’ उनले भनिन् ।
‘मिस नेपालमा मेरो सहभागिताले नेपालबाहिर रहेका धेरै नेपाली युवतीहरुलाई पनि अर्कौ वर्षदेखि प्रतियोगितामा भाग लिने प्रेरणा मिल्ने आशा गरेकी छु,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण