अख्तियारद्वारा दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनीहरुलाई केही दिन पहिले पक्राउ गरेको थियो । निमयानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर ११ हजार घुस माग गरेको उनीहरु माथि आरोप लागेको छ ।
यस्तै आयोगले प्रहरीचौकी पाँचलाख काभ्रेका प्रहरी हबल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्चीदेखि काठमाडौँमा चल्ने टिपरबाट रु दुई हजार घुस लिएको उनीहरुमाथि आरोप लागेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण