अमेजन आगलागी : ब्राजिलद्वारा जी–७ देशको २२ मिलियन डलर सहयोग अस्वीकार
ब्राजिल । फ्रान्समा आयोजित जी–७ सम्मेलनमा ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न कूल २२ मिलियन डलर राशी दिने सहमति बनेको थियो । तर, ब्राजिलले भने यो सहायता राशी लिन अस्वीकार गरेको छ ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका चीफ अफ स्टाफ ओनिक्स लोरोन्जोनीले सोमबार यसको जानकारी दिए । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिद्वारा जी–७ सम्मेलनमा अमेजनको जङ्गलमा लागेको आगोबारे चर्चा गरेकोमा आपत्ति जनाए ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले सोमबार आगलागी नियन्त्रणका लागि जी–७ सम्मेलनका सबै देशले संकल्प गरेको राशी छिट्टै निकासा गर्ने घोषणा गरेका थिए । उक्त रकमको उपयोग अमेजनको जङ्गलमा पछिल्लो केही हप्तादेखि लागेको डढेलो नियन्त्रण गर्नका लागि गरिने बताइएको थियो ।
अमेजनको जङ्गलमा यस वर्ष ८ महिनामा ७५ हजार आगलागीको घटना दर्ज गरिएका छन् ।
यहाँको वर्षा वनबाट विश्वको कुल अक्सिजनको २० प्रतिशत पैदा हुन्छ ।
ब्राजिलका चीफ अफ स्टाफ लोरोन्जानीले सोमबार राष्ट्रपति बोल्सोनारोसँग बैठक गरेपछि जी–७ बैठकले उक्त सहयोगको सराहना गर्दै उक्त रकम युरोपकै जङ्गलमा प्रयोग गर्दा अधिक उपयोगी हुने बताए ।
‘म्याक्रोले विश्वको ऐतिहासिक धरोहरमा शामिल एक चर्चमा लागेको आगो त रोक्न विफल रहे । उनी हाम्रो देशलाई के सिकाउन चाहन्छन् । म्याक्रोले पहिले आफ्नो घर र कोलोनी जोगाउन ध्यान दिए हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण