पानीको बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा
जाजरकोट – शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ ।
गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ । पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको त्यहाँका शिक्षक हरिश बुढाथोकीले जानकारी दिए ।
अघिल्लो वर्ष पनि त्यहाँको पुल वगाउँदा समस्या भएको थियो । बाढीका कारण देवीभक्त घर्ती, कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र महेन्द्र शाहीको घरमा क्षती पु¥याएको छ ।
त्यस्तै जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको र बिल्खे कामीको आरन पुरिएको छ। बाढीले सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत क्षति पु¥याउनाका साथै नलगाड नगरपालिका–८ सीमा गाउँसमेत असर पु¥याएको छ ।बाढीका कारण त्यहाँका १८ घरका परिबार घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताए ।
बाढीका कारण आज बिहानै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका–२ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले दुःख व्यक्त गर्नुभएको छ । निरन्तर पानीका कारण जाजरकोट–राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ ।
निरन्तर पानी परिरहेकाले सबैले यात्रा गर्दा, घरमा बस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आग्रह गर्नुभएको छ। भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका बासिन्दालाई सचेत रहज आग्रह गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण