५० वटा अण्डा खाने बाजी पर्यो, ४२ वटा खाएपछि मृत्यु
भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको पुलिसले जानकारी दिए ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढले ।
परिवारका सदस्यले भने, ‘ब्रेन हेमरेजबाट भयो मृत्यु’
घटनास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल पुर्याए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । यस्तै, परिवारको दाबी अनुसार सुभाषको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको हो । सुभाषले यसै वर्ष दोस्रो विवाह गरेकाथिए । पहिलो श्रीमतीबाट चार छोरी जन्मिएपछि छोरा जन्माउन उनले ९ महिना अघि दोस्रो विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण