सन् २०११ को क्रिकेट विश्वकप फाइनलमा फिक्सिङ भएको श्रीलङ्काली मन्त्रीको आरोप, छानबिन गर्न माग
श्रीलंकाका महान् खेलाडी अरविन्दा डि सिल्भाले सन् २०११ को विश्वकप फाइनलमा म्याच फिक्सिङ भएको मन्त्री महिन्दानन्दा अलुथगामागेको दाबीलाई अस्वीकार गरेका छन् । उनले उक्त ‘झुट’ बारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र श्रीलंकाली क्रिकेट बोर्ड (एसएलसी) लाई माग पनि गरेका छन् ।
स्थानीय टेलिभिजन ‘सिरासा’ लाई अन्तरवार्ता दिँदै तत्कालिन खेलकुद मन्त्री अलुथगामागेले श्रीलंका र भारतबीच खेलिएको सन् २०११ को विश्वकप फाइनलमा फिक्सिङ भएको दाबी गरेका थिए । ‘म आज तपाईंहरुलाई यो भन्दै छु कि हामीले सन् २०११ विश्वकप बेच्यौँ । म त्यतिबेलाको खेलकुद मन्त्री भएर यो भन्दैछु ।’
आरोपबारे बोल्दै त्यतिबेलाको प्रमुख चयनकर्ता रहेका डि सिल्भाले श्रीलंकाली पत्रिका सन्डे टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘झुट बोल्ने मानिसलाई सधैँ त्यतिकै छाड्न सकिन्न । म आईसीसी, बीसीसीआई र एसएलसीलाई यसबारे तत्काल छानबिन गर्न आग्रह गर्दछु ।’
डि सिल्भाले लामो प्रयासपछि विश्वकप जितेका सचिन तेन्दुलकरले जीतपछि सम्मान पाउनुपर्ने बताए । ‘जसरी हामीले विश्वकप जितेपछि त्यसको खुसियाली जीवनभर मनाउन पायौँ, मलाई लाग्छ सचिन र भारतका क्रिकेट फ्यानहरुले पनि त्यही सम्मान पाउनुपर्छ । त्यसैले भारतीय सरकारले फिक्सिङ गरिएको विश्वकप जितेको हो कि होइन भन्नेबारे तत्काल अनुसन्धान सुरु गर्नुपर्छ,’ उनले भने ।
‘यस्तो गम्भीर आरोप लगाइदा यसले धेरैलाई प्रभाव पार्छ । श्रीलंकाका खेलाडीमात्र नभएर चयनकर्ता, टोलीको व्यवस्थापन र विश्वकप जितेको भारतीय टोलीमा पनि यसको प्रभाव पर्छ । त्यही भएर यसबारे सत्यतथ्य आउन जरुरी छ,’ उनले थपे ।
सो खेलमा कप्तानी गरेका कुमार संगाकारा र महेला जयावर्दनेले पनि उक्त दाबीलाई खारेज गरेका छन् । सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकाका कप्तान संगाकाराले टस जितेर पहिलो ब्याटिङ गर्ने फैसला लिएका थिए । जयवर्दनेको शतकको मद्दतले श्रीलंकाले २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौतम गम्भीरको ९७ तथा कप्तान धोनीको ९१ रनको मद्दतले उक्त लक्ष्य पछ्याउँदै सन् १९८३ पछि दोस्रो पटक उपाधिमा कब्जा जमाउन सफल भएको थियो ।
स्रोत : हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण