तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ
तिब्बतको विषयमा चलिरहेको असहमतीका बीच चीन र अमेरिकाले एक–अर्काको आधिकारीमाथि भिसा प्रतिबन्ध लगाएका छन् । दुई देशबीच थुप्रै मुद्दामा चलिरहेको मतभेदको यो नयाँ विषय हो ।
अमेरिकामा एकदिन अघि तिब्बतको विषयमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरियो, यसको जवाफमा बुधबार चीनले पनि तिब्बतसँग जोडिएको मुद्दामा गलत व्यवहार गरिरहेका अमेरिकीमाथि भीसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफूहरुले चीनका अधिकारीमाथि नयाँ अमेरिकी कानून अनुरुप प्रतिबन्ध लगाएको जानकारी दिए । यो कानून अनुसार अमेरिकाले चीनलाई अमेरिकीलाई देशको पश्चिमी इलाकामा जान अनुमती दिन भनेको थियो । अमेरिकाले तिब्बतमा सार्थक स्वायत्तताको पनि माग गर्दै आएको छ ।
पोम्पियोले एक बयानमा भनेका थिए, ‘दुर्भाग्यले चीनले अमेरिकी कुटनीतिक र अन्य अधिकारीलाई तिब्बती स्वायत्त क्षेत्र र तिब्बतको अन्य इलाकामा जान रोक्दै आएको छ । यसमा पत्रकार र पर्यटक पनि समावेश छन् । जबकी अमेरिकामा चीनका नागरिक र अधिकारीमाथि यस्ता किसिमको कुनै पनि रोकटोक छैन ।’
अमेरिकाका अनुसार उसले ती चिनियाँ अधिकारीको भिसामाथि प्रतिबन्ध लगाएको छ जसले विदेशीलाई तिब्बती इलाकामा जानबाट रोकिरहेका छन् ।
यद्यपि, अमेरिकी विदेश मन्त्रालयले ती चिनियाँ अधिकारीको नाम भने सार्वजनिक गरेको छैन न नै उनीहरुको संख्या बताएको छ ।
जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकाको यो कदमको कडा विरोध गरेका छन् र अमेरिकाले तिब्बतसँग सम्बन्धित मुद्दाको कुरा उठाएर चीनको आन्तरिक मामिलामा दखल दिन तुरुन्त बन्द गर्नसमेत अपिल गरेका छन् ।
उनले भने, ‘अमेरिकाको गलत कदमको जवाफमा चीनले ती अमेरिकीको भिसामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ जसले तिब्बतसँग जोडिएका मुद्दामाथि गलत व्यवहार गर्छन् ।’
अमरिकाले यसअघि पनि हङ्गकङको मामिलामा पनि चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको थियो । साथै विगर मुसलमानको कथित प्रताडनाको मुद्दामाथि पनि अमेरिकाले यस्तै कदम उठाएको थियो ।
चीनले तीब्बतलाई आफ्नो भू–भाग मान्छ तर तिब्बतले भने आफूलाई चीनको अधिन मान्दैन र आफ्नो स्वतन्त्रताको मुद्दा उठाउने गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण