ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आइएमईमा फर्केका हुन् ।
सञ्चालक समितिको निर्णयसँगै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकमा मर्जरलाई उचाइमा पुर्याउने काम बज्राचार्यले नै गरेको भन्दै अब बिग मर्जरको सिनर्जी ल्याउन उनलाई फेरि भित्र्याइएको बताए ।
यसअघि, ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको सवैभन्दा ठूलो बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिएपछि ग्लोबल आइएमई बैंकको सिइओ पद रिक्त थियो । बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालले कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बैंङ्किङ क्षेत्रमा ४० वर्ष लामो अनुभव भएका बज्राचार्य सनराइज बैंक अगाडी ग्लोबल आइएमई बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्य वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण