रौतहट प्रहरी हिरासतमा महिलाको मृत्यु
बिहीबार, १५ असोज २०७७, १४ : ०६
काठमाडौँ । रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे ।
श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।
डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ । मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण