इन्डोनेसियमा ज्वालामुखी विष्फोट, २६ गाउँ विस्थापित
एजेन्सी । इन्डोनेसियामा आइतबार फुटेको विशाल ज्वालमुखी फुटेको छ । इन्डानेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो ज्वालामुखी विष्फोट भएको हो । उक्त विष्फोटका कारण सो क्षेत्रको पर्यावरणीय सन्तुलनमाथि निकै ठूलो प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
समाचार एजेन्सी आईएएनएसको रिपोर्टअनुसार उक्त ज्वालामुखी विष्फोटका कारण आकाशमा ४ हजार मिटरको उचाईसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो । ज्वालामुखी विष्फोटपछि वरिपरिका क्षेत्रमा उच्च सतर्कता अप्नाउन निर्देशन जारी भएको सामाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
समुद्री सतहबाट १ हजार १८ मिटरको उचाईमा विष्फोट भएको उक्त ज्वालामुखीको आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न भनिएको छ । आइतबार बिहान १० बजेर ४५ मिटेनमा ज्वालामुखी विष्फोट भएको थियो । विष्फोटपछि सो क्षेत्रका २६ गाउँका २ हजार ७ सय ६० जनाले आफ्नो घर छोड्न बाध्य भएका छन् । विष्फोटमा कोही हताहत भएको समाचार प्राप्त भएको छैन । एएफपीका अनुसार ज्वालामुखी विष्फोटपछि स्थानीय हवाई सेवा बन्द गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण