आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको निवास किन पुगे गृहमन्त्री खाँण ?

बुधबार, १९ माघ २०७८, १३ : ११
बुधबार, १९ माघ २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् ।

गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।  उनले रातोपाटीलाई भने, ‘समसामयिक विषयमा कुराकानी गर्न गृहमन्त्रीज्यू पूर्वप्रधानमन्त्री (माधव नेपाल) ज्यू को निवासमा जानुभएको थियो । उहाँले भेटमा स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा बिफ्रिङ गर्नुभएको छ ।’

केसीकाअनुसार मंगलबार गृहमन्त्री खाँणले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए  । यस्तै स्थानीय निर्वाचनका सन्दर्भमा गृहमन्त्री खाँणले आजै १ बजेबाट सुरक्षा समितिको गरिरहेका छन् । स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री तयार भएपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप