माधव नेपालको निवास किन पुगे गृहमन्त्री खाँण ?
गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले रातोपाटीलाई भने, ‘समसामयिक विषयमा कुराकानी गर्न गृहमन्त्रीज्यू पूर्वप्रधानमन्त्री (माधव नेपाल) ज्यू को निवासमा जानुभएको थियो । उहाँले भेटमा स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा बिफ्रिङ गर्नुभएको छ ।’
केसीकाअनुसार मंगलबार गृहमन्त्री खाँणले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । यस्तै स्थानीय निर्वाचनका सन्दर्भमा गृहमन्त्री खाँणले आजै १ बजेबाट सुरक्षा समितिको गरिरहेका छन् । स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री तयार भएपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण