बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महाशिवरात्रिको पूर्वसन्ध्यामा कलश शोभायात्रा

सोमबार, १६ फागुन २०७८, १२ : ५५
सोमबार, १६ फागुन २०७८

महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभायात्रा गर्दै शङ्करचोक, दुर्गाचोक, अस्पतालचोक, बुद्धिजीवीचोक र जिरोमाइलचोकसहित नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

यात्रामा स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कलश शोभा यात्रामा भूत, बैताल, शङ्कर, पार्वती, गणेशलगायतका आकृतिको  झाँकी पनि प्रस्तुत गरिएको थियो । महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष कलश शोभायात्रा निकालिने गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप