महाशिवरात्रिको पूर्वसन्ध्यामा कलश शोभायात्रा
सोमबार, १६ फागुन २०७८, १२ : ५५
महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभायात्रा गर्दै शङ्करचोक, दुर्गाचोक, अस्पतालचोक, बुद्धिजीवीचोक र जिरोमाइलचोकसहित नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
यात्रामा स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कलश शोभा यात्रामा भूत, बैताल, शङ्कर, पार्वती, गणेशलगायतका आकृतिको झाँकी पनि प्रस्तुत गरिएको थियो । महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष कलश शोभायात्रा निकालिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण