मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा एमालेको घोषणापत्र: साइबार कानुन निर्माणदेखि कुकुरहरूको व्यवस्थापनसम्म (पूर्णपाठ)

शनिबार, १७ वैशाख २०७९, १० : ३९
शनिबार, १७ वैशाख २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ  । शनिबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो  । एमालेबाट वीरेन्द्रनगरको मेयरका मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा नीलकण्ठ खनाल उम्मेदवार बनेका छन् । ढकाल यसअघि उपप्रमुख भएर काम गरिसकेकी अनुभवी महिला नेतृ हुन ।

सार्वजनिक गरिएको घोषणापत्र ‘स्थानीय सरकार एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा’ भन्ने मूल नारासहित तयार गरिएको छ ।  घोषणा पत्रमा ‘एक घर एक महिला स्वरोजगार’, एक एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ जस्ता नाराहरू समेटिएका छन् भने नगर क्षेत्र भित्रका सडकहरूको स्तरोन्नति गरी नगर बस सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख गरिएको छ ।  

पूर्वाधार क्षेत्र तर्फ वीरेन्द्रनगरको खानेपानी तथा सरसफाइको दीर्घकालीन समस्या समाधानका लागि सुर्खेत उपत्यकाको खानेपानी भेरी लिफ्ट योजना तीन वर्षमा सम्पन्न गरी नगरमा पर्याप्त खानेपानीको व्यवस्था गरिने, सुब्बाकुना–फलाटेसम्मको सहायक राजमार्गको डिपिआर, वैकल्पिक बसपार्कको रूपमा सम्भाव्यता अध्ययन, प्रत्येक घरधुरीमा नम्बरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागु गर्ने लगायतका कुराहरू प्रतिबद्धतामा समेटिएका छन् ।

सहालको सिटी बसपार्क विस्तार गर्ने, विद्युतीकरण हनु नसकेका ठाउँमा विद्युतीकरण गर्ने, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारमा योजना निर्माण गरिने, रत्न राजमार्गदेखि दक्षिणतर्फ क्षेत्रको बाटोको क्षेत्राधिकार तोकी सडक कालोपत्रे र स्तरोन्नति गर्ने बताइएको छ ।  स्वास्थ्य तर्फ सबै वडा स्वास्थ्य चौकीको स्तरवृद्धि, कटकुवा अस्पताललाई महिला बालबालिका विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने, योग, प्राणायाम, आयुर्वेद, आहार, विहार र विचारमा जोड दिइने, अपाङ्गमैत्री संरचना लगायतका कुरा उल्लेख गरिएका छन् ।  

सामाजिक क्षेत्र अन्तर्गत साइबर अपराधका घटनाको न्यूनीकरणका लागि कानुन निर्माण, बालविवाह, बालश्रममुक्त नगर घोषणा गरिने छ । वीरेन्द्रनगरभित्रका छाडा पशु चौपायाको व्यवस्थापन गर्ने नीतिका साथै पशु अस्पताल स्थापना गर्ने, सामुदायिक कुकुरहरूलाई उचित व्यवस्थापन गर्ने पनि नीति लिइने छ,’ नगर प्रमुखमा उम्मेदवार मोहनमाया ढकालले भनिन,‘उत्तरी तथा दक्षिणी पहाडी भागमा जलशायहरु निर्माण गरी पानीका स्रोत संरक्षण गर्ने पनि नीति हामीले घोषणापत्रमा समेटेका छौँ । किसानका लागि ऋण, अनुदान, व्यावसायिक तालिम दिइने छ भने शीत भण्डारको व्यवस्थापनदेखि कृषि क्षेत्रको आमूल परिवर्तन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।’  

यस्तो छ घोषणापत्र 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप