‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर
अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए ।
फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए ।
कविरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग फिल्म ‘लम्फू’ बाट अभिनयमा डेब्यु गरेका थिए ।
‘लण्डन टु पेरिस’ असार दोस्रो साताबाट फ्लोरमा निस्कने फिल्म हो । प्रेमकथामा निर्माण लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण