मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध

मङ्गलबार, ३० असार २०८३, ०० : १३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • कनिष्ठलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट भएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
  • बाढी-पहिरोको जोखिमले विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. कनिष्ठलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट

निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत ५७ जनामध्ये ३५ औँ नम्बरमा रहेका गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा बढुवा नियुक्ति गरिएपछि असन्तुष्टि बढेको छ । यसैबिच सरकारले ११२ शाखा अधिकृतको सरुवा गरेको छ ।

२. अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबिच भएको पछिल्लो भेटवार्तामा केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री बालेन अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।

३. शङ्कास्पद गाडीहरु

४. बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध

बाढी–पहिरोको जोखिमले विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको छ । अविरल वर्षाका कारण काठमाडौँका नदीमा समेत जलसतह बढेको छ ।

५. गणेश नेपालीको अन्त्येष्टि

केही दिनअघि काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको सोमबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो ।

६. महिला चालक

केही वर्ष अघिसम्म सवारी चालक पेसा पुरुषमात्र देखा पर्थे । निजी सवारी साधन चालकका रूपमा महिला उल्लेख्य देखिए पनि सार्वजनिक सवारी साधन चालकको भूमिकामा भने पुरुष नै हाबी छन् ।

७. परराष्ट्र नीतिमा नयाँ प्रयोग कि नपुगेको ढंग ?

बालेन शाह नेतृत्वको सरकारको परराष्ट्र नीतिलाई लिएर बहस भइरहेको छ । प्रधानमन्त्रीले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा मात्र भेट गर्ने, विभिन्न मुलुकका राजदूत तथा महावाणिज्यदूतलाई फिर्ता बोलाउने र राजदूत नियुक्तिका लागि विज्ञापन आह्वान गर्ने जस्ता कार्यबारे बहस जारी छ । यसै सन्दर्भमा रातोपाटीले विशेष सामग्री प्रकाशन गरेको छ ।

८. देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका अनुसार देशभरका स्वास्थ्य संस्थामा जलनका ३७ हजार ४३८ जना बिरामी उपचार गराइरहेका छन् । यद्यपि विशेषज्ञ चिकित्सकको भने अभाव छ । यस सम्बन्धी नीति तथा निर्देशिका भने कागजमै सीमित छन् ।

९. हेटौंडा कपडा उद्योगले पाउला पुनर्जीवन ?

सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने घोषणा गरे पनि त्यस अनुसारका काम अघि बढ्न सकेको छैन । उद्योग परिसरमा सामान्य सरसफाइ बाहेक सरकारको घोषणा यता खासै काम सुरु भएको छैन ।

१०. अनलाइन ठगी गरेर बंगलादेश भाग्दै गरेका ५ जना पक्राउ

अनलाइन ठगी गरेर बंगलादेशतर्फ भाग्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा नेपाली र बंगलादेशी छन् ।

११. विष्णु पौडेलको म्याद थप, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीको सजाय निर्धारण भएन 

पूर्वमन्त्री तथा नेकपा एमालेका अध्यक्ष विष्णु पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ । अर्कोतिर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीको सजाय निर्धारण गर्ने सन्दर्भमा सोमबार बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतले ‘हेर्दाहेर्दै’मा राखेर मंगलबारका लागि पेसी राखिएको छ ।

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप