शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्

सोमबार, ०१ फागुन २०७९, १३ : २६
सोमबार, ०१ फागुन २०७९

पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । साेमबार बिहान ९२ वर्षकाे उमेरमा जियाको निधन भएको हो । 

नेशनल एकेडेमी आफ परफर्मिङ आर्ट्सका सिइओ जुनैद जुबेरीले जिया मोहिउद्दीनको निधन बारे जानकारी दिए ।

पत्रकार अजहर अब्बासले बीबीसीसँगको कुराकानीमा भने, ‘जिया मोहिउद्दीन लामो समयदेखि बिरामी थिए र सोमबार बिहान ६ बजे उनको निधन भयो । उनको कराँचीमा अन्तिम संस्कार गरिनेछ ।’

जिया मोहिउद्दीनलाई अङ्ग्रेजी र उर्दू शब्दहरूको सही उच्चारणमा जोड दिने व्यक्तिको रूपमा पनि याद गरिनेछ । जिया मोहिउद्दीनको जन्म २० जुन १९३१ मा पाकिस्तानको फैसलावादमा भएको थियो ।

उनले लन्डनको रोयल एकेडेमी अफ ड्रामाटिक आर्टबाट अभिनयको तालिम लिए । जिया मोहिउद्दीन देशबाहिर थिएटर र फिल्महरूमा काम गर्ने थोरै पाकिस्तानीहरूमध्ये एक हुन् ।

उनी झन्डै ६७ वर्षदेखि थिएटर र फिल्म उद्योगसँग आबद्ध थिए । हालैका वर्षहरूमा जिया मोहिउद्दीनका केही भिडियोहरू युट्युबमा देखिएका छन् । यी भिडियोहरूमा उनी कहिले वाचन गर्दै त कहिले चर्चित नाटक वा संवाद प्रस्तुत गरेको देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप