पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्
पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । साेमबार बिहान ९२ वर्षकाे उमेरमा जियाको निधन भएको हो ।
नेशनल एकेडेमी आफ परफर्मिङ आर्ट्सका सिइओ जुनैद जुबेरीले जिया मोहिउद्दीनको निधन बारे जानकारी दिए ।
पत्रकार अजहर अब्बासले बीबीसीसँगको कुराकानीमा भने, ‘जिया मोहिउद्दीन लामो समयदेखि बिरामी थिए र सोमबार बिहान ६ बजे उनको निधन भयो । उनको कराँचीमा अन्तिम संस्कार गरिनेछ ।’
जिया मोहिउद्दीनलाई अङ्ग्रेजी र उर्दू शब्दहरूको सही उच्चारणमा जोड दिने व्यक्तिको रूपमा पनि याद गरिनेछ । जिया मोहिउद्दीनको जन्म २० जुन १९३१ मा पाकिस्तानको फैसलावादमा भएको थियो ।
उनले लन्डनको रोयल एकेडेमी अफ ड्रामाटिक आर्टबाट अभिनयको तालिम लिए । जिया मोहिउद्दीन देशबाहिर थिएटर र फिल्महरूमा काम गर्ने थोरै पाकिस्तानीहरूमध्ये एक हुन् ।
उनी झन्डै ६७ वर्षदेखि थिएटर र फिल्म उद्योगसँग आबद्ध थिए । हालैका वर्षहरूमा जिया मोहिउद्दीनका केही भिडियोहरू युट्युबमा देखिएका छन् । यी भिडियोहरूमा उनी कहिले वाचन गर्दै त कहिले चर्चित नाटक वा संवाद प्रस्तुत गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण