शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कियाराले रिसेप्सनमा लगाइन् जाम्बियाबाट ल्याइएको ‘हरियो पत्थर’ ले बनेको बहुमूल्य नेकपिस !

सोमबार, ०१ फागुन २०७९, १४ : ०४
सोमबार, ०१ फागुन २०७९

कियारा–सिद्धार्थले आफ्नो रिसेप्सन पार्टीमा मनिष मल्होत्राको स्टाइलिस ब्ल्याक एन्ड ह्वाइट पहिरन लगाएका थिए । कियाराले क्रिम–टोन्ड सिल्क टपसँग फिसटेल गाउन क्यारी गरेकी थिइन् र आफ्नो लुकलाई लेयर्ड डायमन्ड र एमरल्ड नेकलेसले पूरा गरिन् ।

कियाराले हरियो रङको स्टोन भएको गहना लगाएकी थिइन् जसमा बहुमूल्य पत्थर (रत्न) जडित थिए । के तपाईँलाई थाहा छ, कियाराले लगाएको गहनामा जुन पत्थर जडित छन्, त्यो कस्तो खालको थियो ?

kiaraभारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार कियाराले जुन हरियो रङको पत्थर जडित नेकलेस लगाएका थिइन् त्यसमा जाम्बियन स्टोन राखिएको थियो । जाम्बियन एमरल्ड स्टोनलाई पन्नाको नामले पनि चिनिन्छ । जाम्बियाबाट आउने यो पत्थर निकै मूल्यवान् हुन्छन् ।

kiara1पन्नालाई राजाको रत्न भनिन्छ । जसले यो लगाउँछन्, उनीहरूको लुक शाही देखिन्छ । यसलाई प्रेमको प्रतीक पनि मानिन्छ । पन्नालाई विकास, रचनात्मकता, विश्वास र आशाको प्रतीक मानिन्छ । जसलाई पन्ना मन पर्छ उनीहरू असाध्यै ठट्टा गर्नुपर्ने र बोल्नुपर्ने खालका हुन्छन् ।

zambianजाम्बियन पन्ना आफ्नो गहिरो हरियो रङ र स्पष्टताका लागि परिचित छ । कोलम्बियाली पन्नाको तुलनामा जाम्बियाको पन्नामा आइरनको तत्त्व बढी हुन्छन् जसका कारण यसको रङ गाढा हरियो हुन्छ ।

zambian1जाम्बियाको कपर बेल्ट प्रान्तमा काफुबु एमराल्ड जिल्लामा यो स्टोन पाइन्छ । जाम्बियन पन्नालाई पारम्परिक रूपमा उत्खनन गरेर औजारको माध्यमले निकालिन्छ । रङ र स्पष्टता यथावत् राख्नका लागि तेल वा र्‍याल लगाइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप