शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका लागि दक्षिण कोरियाली राजदूतको ‘नाटू–नाटू’ मा डान्स, भिडियो भाइरल

मङ्गलबार, १६ फागुन २०७९, १२ : १०
मङ्गलबार, १६ फागुन २०७९

दक्षिण कोरियाका भारतस्थित दूतावासको एउटा भिडियो निकै चर्चामा छ । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा दूतावासका कर्मचारीले चर्चित तेलुगु फिल्म ‘आरआरआर’ को गोल्डन ग्लोब अवार्ड जितिसकेको गीत ‘नाटू–नाटू’ मा नाचिरहेको देख्न सकिन्छ ।

भारतमा दक्षिण कोरियाका राजदूत चाङ जे–बोक पनि अन्य कर्मचारीसँग नाचिरहेको देखिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो भिडियोको तारिफ गरेका छन् ।

भिडियोमा दक्षिण कोरियाली दूतावासका कर्मचारी कतै जोडी त कतै पूरा समूहमा यो गीतमा नाचिरहेको देखिएका छन् । सोसल मिडियामा भाइरल यो भिडियोलाई अहिलेसम्म ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।

मोदीले पनि यो भिडियोको तारिफ गर्दै यसलाई दक्षिण कोरियाको समूहको ‘जीवन्त र रोचक कोसिस’ बताएका छन् ।

५३ सेकेन्डको यो भिडियोमा नाटू–नाटू फिल्मको धुनमा धेरै मानिसहरू नाचिरहेको देखिएका छन् । केही महिला कुर्ता र लेगिङ लगाएर नाचिरहेका छन् त केही पारम्परिक कोरियाली पहिरनमा नाचिरहेका छन् । उनीहरू थुप्रै स्थानमा नाचिरहेको देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप