भारतका लागि दक्षिण कोरियाली राजदूतको ‘नाटू–नाटू’ मा डान्स, भिडियो भाइरल
दक्षिण कोरियाका भारतस्थित दूतावासको एउटा भिडियो निकै चर्चामा छ । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा दूतावासका कर्मचारीले चर्चित तेलुगु फिल्म ‘आरआरआर’ को गोल्डन ग्लोब अवार्ड जितिसकेको गीत ‘नाटू–नाटू’ मा नाचिरहेको देख्न सकिन्छ ।
भारतमा दक्षिण कोरियाका राजदूत चाङ जे–बोक पनि अन्य कर्मचारीसँग नाचिरहेको देखिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो भिडियोको तारिफ गरेका छन् ।
𝐍𝐚𝐚𝐭𝐮 𝐍𝐚𝐚𝐭𝐮 𝐑𝐑𝐑 𝐃𝐚𝐧𝐜𝐞 𝐂𝐨𝐯𝐞𝐫 - 𝐊𝐨𝐫𝐞𝐚𝐧 𝐄𝐦𝐛𝐚𝐬𝐬𝐲 𝐢𝐧 𝐈𝐧𝐝𝐢𝐚
— Korean Embassy India (@RokEmbIndia) February 25, 2023
Do you know Naatu?
We are happy to share with you the Korean Embassy's Naatu Naatu dance cover. See the Korean Ambassador Chang Jae-bok along with the embassy staff Naatu Naatu!! pic.twitter.com/r2GQgN9fwC
भिडियोमा दक्षिण कोरियाली दूतावासका कर्मचारी कतै जोडी त कतै पूरा समूहमा यो गीतमा नाचिरहेको देखिएका छन् । सोसल मिडियामा भाइरल यो भिडियोलाई अहिलेसम्म ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।
𝐍𝐚𝐚𝐭𝐮 𝐍𝐚𝐚𝐭𝐮 𝐑𝐑𝐑 𝐃𝐚𝐧𝐜𝐞 𝐂𝐨𝐯𝐞𝐫 - 𝐊𝐨𝐫𝐞𝐚𝐧 𝐄𝐦𝐛𝐚𝐬𝐬𝐲 𝐢𝐧 𝐈𝐧𝐝𝐢𝐚
— Korean Embassy India (@RokEmbIndia) February 25, 2023
Do you know Naatu?
We are happy to share with you the Korean Embassy's Naatu Naatu dance cover. See the Korean Ambassador Chang Jae-bok along with the embassy staff Naatu Naatu!! pic.twitter.com/r2GQgN9fwC
मोदीले पनि यो भिडियोको तारिफ गर्दै यसलाई दक्षिण कोरियाको समूहको ‘जीवन्त र रोचक कोसिस’ बताएका छन् ।
Lively and adorable team effort. 👍 https://t.co/K2YqN2obJ2
— Narendra Modi (@narendramodi) February 26, 2023
५३ सेकेन्डको यो भिडियोमा नाटू–नाटू फिल्मको धुनमा धेरै मानिसहरू नाचिरहेको देखिएका छन् । केही महिला कुर्ता र लेगिङ लगाएर नाचिरहेका छन् त केही पारम्परिक कोरियाली पहिरनमा नाचिरहेका छन् । उनीहरू थुप्रै स्थानमा नाचिरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण