नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा : भारतीय मिडिया
पञ्जाब प्रहरीले थुप्रै दिनदेखि खोजिरहेका खालिस्तानी समर्थक अमृतपाल सिंह पञ्जाबमा देखिएका छन् । केही दिनअघि अमृतपाल नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको थियो ।
भारतीय सुरक्षा एजेन्सीको खोजीको सूचीमा रहेका अमृतपाल पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको आशंका थियो । तर, भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार अबेर राति अमृतपाल पञ्जाबमा देखिएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार अमृतपाल पञ्जाब राज्यको होशियारपुरमा छन् र प्रहरीलाई फेरी एकपटक झुक्क्याउन सफल भएका छन् । पञ्जाब प्रहरीले उनलाई पक्राउ गर्नका लागि मङ्गलवार अबेर राती फगवाडा–होशियारपुर रोडमा घेराबन्दीलाई तीव्र गरेका थिए ।
स्रोतका अनुसार होशियारपुरमा एक इनोभा कार देखिएको थियो जसभित्र अमृतपाल भएको आशङ्का गरिएको थियो । प्रहरीले सूचना पाएपछि घेर्ने कोसिस गर्दा अमृतपाल कार छोडेर गाउँमा भागेको भारतीय सञ्चार माध्यमले बताएको छ ।
गुप्तचरबाट पाए सूचना
रिपोर्टका अनुसार मरनियां कलां नजिकै फगवाडा–होशियारपुर हाइवेमा गुडिरहेको इनोभा कारभित्र अमृतपाल भएको शङ्का गरिएको थियो । त्यसपछि प्रहरीले पूरा इलाकामा खोजी अभियानमा तीव्रता दिएको छ । गुप्तचरले अमृतपाल होशियारपुरमा भएको सूचना कतैबाट पायो । यद्यपि, प्रहरीले यस्तो सूचना कहाँबाट पाए भन्नेबारे केही जानकारी दिएको छैन ।
अमृतपाल पञ्जाबमा भएको खबरपछि उठे थुप्रै प्रश्न
अमृतपाल फेरी पञ्जाबमै देखिएको भएको खबरले विभिन्न प्रश्न निम्तिएका छन् । उनी पञ्जाबबाट बाहिरिएका छन् भनिरहेको अवस्थामा उनी पुनः किन त्यहाँ फर्किए भनेर प्रश्न उठेको छ । अमृतपालले आत्मसमर्पण गर्न लागेका हुन् त भनेर पनि धेरैले प्रश्न सोधिरहेका छन् । अमृतपालका काका पनि पहिला भागेका थिए, तर पछि आत्मसमर्पण गरेका थिए ।
प्रहरीले १८ मार्चदेखि अमृतपाल सिंहविरुद्ध कारवाही सुरु गरेको थियो । त्यतिबेलादेखि उनी फरार छन् तर प्रहरीले उनका जो जो साथीलाई पक्राउ गरेको थियो, उनीहरूसँग कुनै ठोस् सोधपुछ नगरीकनै असमको जेल पठाएको छ । यस्तोमा यो पूरा घटनाक्रममाथि नै धेरैले प्रश्न सोधिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण