शीर्ष चारमा पकड बलियो बनाउँदै युनाइटेड
शनिबार, २५ चैत २०७९, २० : ०१
म्यानचेस्टर । रेलिगेसनको खतरामा रहेको एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ । शनिबार भएको खेलमा युनाइटेड २–० गोलले विजयी बन्यो ।
युनाइटेडको जीतमा स्कट म्याकटोमिने र एन्थोनी मार्सियालले एक–एक गोल गरे । खेलको पहिलो हाफमा म्याकटोमिनेले युनाइटेडलाई अग्रता दिलाए भने मार्सियालले खेलको ७१ औँ मिनेटमा गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । गत डिसेम्बर यता उनको यो पहिलो गोल थियो ।
एरिक टेन हागको टोलीले गोलका थुप्रै अवसरहरु गुमाएको थियो भने एभर्टनका गोलकिपर जोर्डन पिक्फर्डले युनाइटेडका धेरै प्रयासहरू विफल बनाएका थिए । २९ खेलपछि ५६ अङ्क बटुल्दै युनाइटेड लिगको तेस्रो स्थानमा छ भने ३० खेलपछि २७ अङ्क रहेको एभर्टन रेलिगेसन जोनमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण