तातोपानी नाका आजदेखि वैशाख २ सम्म बन्द रहने
मङ्गलबार, २८ चैत २०७९, ०६ : २८
काठमाडौँ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।
‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
-
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज
-
प्रतिनिधि सभामा धकेलाधकेल
-
प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित