प्रदेश
लुम्बिनी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने
सोमबार, ०४ वैशाख २०८०, १६ : २७
दाङ । लुम्बिनी प्रदेशसभाको बैठक यही वैशाख ११ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो ।
उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताए ।
तर, वैशाख १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।
सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण