पेन्सन नियममा परिवर्तनको विरोधमा फ्रान्समा मे दिवसमा प्रदर्शन, १०८ प्रहरी घाइते
फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका दिन प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १ सय ८ प्रहरी घाइते भएका छन् ।
फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले यति ठुलो सङ्ख्यामा प्रहरी घाइते हुनु अप्रत्याशित भएको बताएका छन् । उनले प्रदर्शनका क्रममा २९१ जनालाई पक्राउ गरिएको बताए ।
फ्रान्समा, इम्यानुएल म्याक्रोंको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको धेरै विरोध भइरहेको छ । नयाँ पेन्सन नियमको विरोधमा विगत केही महिनादेखि जनता सडकमा उत्रिएका छन् ।
मे १ मा मे दिवसको दिन पनि ठुलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा उत्रिएका थिए । धेरैजसो स्थानमा प्रदर्शन शान्तिपूर्ण थिए तर केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरे जसका कारण १०८ प्रहरी घाइते भएका छन् ।
कति प्रदर्शनकारी घाइते भएका छन् भन्ने जानकारी छैन । प्रधानमन्त्री एलिजाबेथ बर्नले ट्विट गरेर प्रदर्शनका बेला यस्तो खालको हिंसा कुनै पनि हालतमा सह्य नभएको बताइन् ।
फ्रान्समा नयाँ नियमका अनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ । देशको श्रम सङ्गठनले नयाँ नियमलाई फिर्ता लिन माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण