शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रविनाले अक्षयलाई भनिन् असल साथी : थपिन्, ‘उनी उद्योगका बलियो स्तम्भ हुन्, शिल्पासँग घनिष्ठ सम्बन्ध छ’

शुक्रबार, ०५ जेठ २०८०, १६ : ५८
शुक्रबार, ०५ जेठ २०८०

९० को दशकमा रविना टण्डन र अक्षय कुमारको अफेयरको खबर हेडलाइनमा छाइरहन्थ्यो  । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए । तर, केही समयपछि यी दुई अलग्गिए । तर, समयसँगै यी पूर्व जोडीबीचको सम्बन्ध राम्रो भएको छ । हालै मिडियासँगको कुराकानीमा रविनाले आफ्नो र अक्षयको सम्बन्धको बारेमा कुरा गरेकी थिइन् । रविनाले आफू र अक्षय अहिले असल साथी भएको बताइन् । यस्तै उनले अक्षयलाई उद्योगको एक महत्त्वपूर्ण स्तम्भ भनेकी छिन् । रविनाले शिल्पा शेट्टीसँगको मित्रता बारे पनि बताएकी छिन् । रविनासँगको ब्रेकअपपछि अक्षयले शिल्पा शेट्टीलाई डेट गरेको भन्ने गरिन्छ ।

उनी हाम्रो उद्योगको सबैभन्दा बलियो स्तम्भमध्ये एक हुन् 

रविनाले इटाइम्ससँगको कुराकानीमा भनिन्, ‘अक्षय र म अझै पनि साथी हौँ । सबैको जीवनमा एउटा यात्रा हुन्छ । त्यसलाई सम्मान गरेर अगाडि बढ्नुपर्छ । म उनको बारेमा धेरै कुरा सोच्छु । मलाई लाग्छ उनी हाम्रो उद्योगको सबैभन्दा बलियो स्तम्भ हुन् ।’

शिल्पासँगको मित्रताको बारेमा कुरा गर्दै रविनाले भनिन्, ‘समयसँगै हामी घनिष्ठ साथी बनेका छौँ । यहाँ यस्ता धेरै चीजहरू छन् जसले हामीलाई एकसाथ बाँध्छ । शिल्पा र उनकी बहिनी समिता मेरा श्रीमान् अनिलका नजिकका साथी हुन् । हामी हाम्रा राम्रा र नराम्रा दुवै समयमा एक अर्कालाई साथ दिन्छौँ ।’

raveena_akshay1कार्यक्रममा रविना–अक्षय सँगै देखिए, खुब नाचे

यसअघि रविना र अक्षय स्टाइल अवार्ड कार्यक्रममा सँगै देखिएका थिए । यहाँ उनीहरू सँगै नाचे । यति मात्र होइन, दुवैले एक अर्कालाई अँगालो पनि हाले । लामो समयपछि दुबैलाई सँगै देख्दा फ्यानहरू निकै खुसी पनि भए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप