स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीमाथि गरिएको अपमान र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केहि दिनदेखि देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि अपमान र दुर्व्यवहार गरी सेवा प्रदानमा बाधा उत्पन्न गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सङ्घका अध्यक्ष डा.झलक शर्मा गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा डिउटीमा रहेका नर्सिङ कर्मचारीको पेसाप्रति नै आँच आउने गरी भिडियो बनाएर सामाजिक सञ्जालमा राखी मानसिक रूपमा पीडित बनाउने कार्य गरिएको उल्लेख छ ।
त्यस्तै, उदयपुर जिल्लाको बेल्टार नगर अस्पतालमा स्वास्थ्यकर्मीहरूले कार्य सम्पादन गर्ने सिलसिलामा केहि व्यक्तिहरूले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेर दुर्व्यवहार गरेको भन्दै सङ्घले आपत्ति जनाएको छ । ‘गम्भीर आपत्तिजनक र आपराधिक कार्यबाट स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा सम्पादन गर्ने कार्यमा आफूलाई असुरक्षित महसुस गरेका छन् । यस्ता घटनाउपर तुरुन्त छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दछौ’ विज्ञप्तिमा उल्लेख छ ।
अधिकांश स्थानीय तहमा स्वास्थ्यकर्मीहरूले नियमित रूपमा तलब भत्ता नपाएको भन्दै गरिएको शान्तिपूर्ण आन्दोलनप्रति पनि महासङ्घले ऐक्यबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण