सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको नयाँ संसद् भवनमा शाहरुखको ट्विट : भने, ‘हाम्रो आशाको नयाँ घर’

आइतबार, १४ जेठ २०८०, ०९ : २५
आइतबार, १४ जेठ २०८०

भारतको नयाँ संसद् भवनको उद्घाटन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभा अध्यक्ष ओम बिरलाले पूजाआजा गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

नयाँ संसद् भवनको उद्घाटनअघि बलिउड स्टार शाहरुख खानले ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो संविधान पालना गर्ने, यस महान् देशका हरेक नागरिकको प्रतिनिधित्व गर्ने, यसमा रहेका हरेक व्यक्तिको विविधताको रक्षा गर्ने जनताका लागि कति शानदार छ यो नयाँ संसद् भवन ।’

‘नयाँ भारतका लागि एक नयाँ भवन... भारतको गौरवको शताब्दियौँ पुरानो सपनासहित । जय हिन्द ।’

पछि प्रधानमन्त्री नरेन्द्र मोदीले शाहरुखको ट्विटको जवाफ दिँदै लेखे, ‘सुन्दर अभिव्यक्ति ! संसद्को नयाँ भवन हाम्रो लोकतान्त्रिक बल र प्रगतिको प्रतीक हो । यो आधुनिकता र परम्पराको संयोजन हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप