चौथो पटक पिता बन्दै अर्जुन रामपाल, प्रेमिकाले सेयर गरिन् बेबी बम्प
बलिउडका चर्चित अभिनेता अर्जुन रामपाल आजकाल फिल्मी दुनियाँमा थोरै कम देखिएका छन् तर अर्जुन रामपाल सोसल मिडियामा छाइरहन्छन् । उनी मात्रै होइन, उनकी प्रेमिका गेब्रिएला डिमेट्रियाडेट्स पनि सोसल मिडियामा निकै सक्रिय छिन् । उनले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो भेकेसनका केही तस्बिर पोस्ट गरेकी छिन् । ती फोटोमध्ये एकमा गेब्रिएलाले आफ्नो बेबी बम्प देखाएकी छिन् । यो तस्बिर पोस्ट हुने बित्तिकै गेब्रिएला र अर्जुनलाई बधाईको ओइरो लागेको छ ।
भेकेसनमा छिन् गेब्रिएला
गेब्रिएला आफ्नो छोरासँग आफ्नो छुट्टी मनाइरहेकी छिन् । उनले पाँचवटा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – अ विकेन्ड । ती तस्विरमा उनले बेबी बम्प, छाेरा र कुकुरहरुकाे फोटो राखेकी छिन् ।
अर्जुनसँग काम गर्नेछिन् गेब्रिएला
अर्जुन रामपालको जेठी श्रीमती मेहर जेसियाबाट दुई छोरी छन् । माहिका र माइरा । अर्जुन आफ्ना छोरीहरूलाई असाध्यै माया गर्छन् । यस्तै, गेब्रिएलासँग उनका एक छोरा छन् । अब उनी चौथो पटक पिता बन्न लागेका हुन् ।
कामको कुरा गर्ने हो भने गेब्रिएला छिट्टै नै अर्जुन रामपालसँग फिल्ममा देखिँदै छिन् । उनी बेलायती–भारतीय प्रहरी अधिकारीको भूमिकामा देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण