वकिलले १३ पन्ने फारामको प्रसङ्ग निकाल्दा झोक्किए न्यायाधीश
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा १२ जना प्रतिवादीको तर्फबाट बहस पूरा भएको छ । सोमबार सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीतर्फका कानुन व्यवसायीले बहस गरेका छन् ।
प्रतिवादी रामशरण केसीका तर्फबाट अधिवक्ता अरुण ज्ञवालीले बहस गर्ने क्रममा प्रसङ्ग बाहिर गएको भन्दै न्यायाधीश प्रेमप्रसाद न्यौपाने रिसाए । बहसमा ज्ञवालीले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ पन्ने फारम भर्ने गरेको प्रसङ्ग निकालेका थिए ।
‘१३ पन्ने फारम भराउने डरले अख्तियार प्रमुख प्रेम राईलाई बयान नै लिइएन,’ अधिवक्ता ज्ञवालीले बहसमा भने, ‘अहिले सम्पत्ति शुद्धीकरणले पनि भराउँछ क्यारे १३ पन्ने फारम ।’
अनि, अधिवक्ता ज्ञवालीसँग न्यायाधीश झोक्किए । न्यायाधीश न्यौपानेले भने, ‘१३ पन्ने अहिलेको विषय हो ?’
जिल्ला अदालत काठमाडौँको २५ नम्बर इजलासमा भइरहेको सुनुवाइको विषय अभियुक्तहरुलाई धरौटीमा छाड्ने, थुनामा पठाउने र साधारण तारेखमा छाड्ने भएको उल्लेख गर्दै न्यायाधीश न्यौपानेले भने, ‘मेरो अगाडि ३ वटा विषय छन्, तपाई आफ्नो पक्षमा त्यो विषयमा आउनुस् ।’
अधिवक्ता ज्ञवालीले बिना आधार सरकारी पक्षले रामशरण केसीलाई शरणार्थी प्रकरणमा प्रतिवादी बनाएको जिकिर गरेका छन् । ‘रामशरण केसी आफैँ पीडित हुन्,’ अधिवक्ता ज्ञवालीले भने, ‘सामान्य रङको काम गरेर जीविकोपार्जन गर्ने मानिसले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुरा सम्भव नै हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण