भारत : पार्टी कार्यालयभित्र छिरेर नेताको हत्या, बडीगार्ड पनि घाइते
पश्चिम बङ्गालमा पञ्चायत चुनावको घोषणापछि सुरु भएको हिंसाको सिलसिला रोकिने छाँटकाँट छैन । ताजा घटनामा बिहीबार राती अज्ञात समूहले पुरुलिया जिल्लाको आद्रामा पार्टीको टाउन समितिका अध्यक्ष धनंजय चौबेको पार्टी कार्यालयमा छिरेर गोली हानेको छ । गोली लागेपछि उनको मृत्यु भएको छ ।
चौबेको बडीगार्डलाई पनि गोली लागेको छ । हाल उनको दुर्गापुरको अस्पतालमा उपचार भइरहेको छ । पुरुलियाका प्रहरी अधीक्षक अभिजित बनर्जीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले यो घटनाको सिलसिलामा कांग्रेस उम्मेदवारसमेत दुई जनालाई पक्राउ गरेको छ ।
पुरुलियामा टिएमसी समर्थकले हत्याको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् । पञ्चायत चुनावको घोषणापछि चुनावी हिंसामा भएको यो नवौँ मृत्यु हो । तृणमूल कांग्रेसले यसलाई राजनीतिक हत्या बताउँदै यसका लागि भाजपालाई जिम्मेवार बताएको छ ।
तर भाजपाले आरोप अस्वीकार गर्दै यसलाई टिएमसीको आपसी कलहको नतिजा भएको बताएको छ । प्रत्यक्षदर्शीका अनुसार चौबे आफ्ना बडीगार्ड र ड्राइभरसँग सहरको भिडभाडयुक्त इलाका स्थित पार्टी कार्यालयमा बसिरहेका बेला मोटरसाइकलमार्फत त्यहाँ पुगेका तीन युवकले नजिकैबाट उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरे ।
उनलाई पाँच वटा गोली लागेको थियो । उनका बडीगार्ड शेखर दासलाई पनि पेटमा गोली लागेको छ । हमलाकर्ता घटनास्थलबाट भाग्न सफल भएका छन् । यो घटनापछि इलाकामा आतङ्क फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण