शाहरुख खानको अमेरिकामा दुर्घटना
बलिउड अभिनेता शाहरुख खानकाे दुर्घटना भएकाे छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ ।
भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनकाे नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो ।
हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ ।
चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी गरिएको छैन ।
मन्नत फर्किए शाहरुख
रिपोर्टका अनुसार चोट लागेका कारण शाहरुखको नाकबाट रगत बग्न थालेको थियो । भारतीय सञ्चार माध्यम आजतकले उनी आफ्नो घर मन्नत फर्किसकेको र आराम गरिरहेको बताएको छ ।
शाहरुख खानले हालै फिल्म पठानबाट धमाकादार फिर्ती गरेका थिए । उनको नयाँ फिल्म जवान चाँडै नै रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण