सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानको अमेरिकामा दुर्घटना

मङ्गलबार, १९ असार २०८०, १४ : २१
मङ्गलबार, १९ असार २०८०

बलिउड अभिनेता शाहरुख खानकाे दुर्घटना भएकाे छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनकाे नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो । 

हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ । 

चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी  गरिएको छैन । 

मन्नत फर्किए शाहरुख

रिपोर्टका अनुसार चोट लागेका कारण शाहरुखको नाकबाट रगत बग्न थालेको थियो । भारतीय सञ्चार माध्यम आजतकले उनी आफ्नो घर मन्नत फर्किसकेको र आराम गरिरहेको बताएको छ । 

शाहरुख खानले हालै फिल्म पठानबाट धमाकादार फिर्ती गरेका थिए । उनको नयाँ फिल्म जवान चाँडै नै रिलिज हुँदैछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप