सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ट्वीटरलाई चुनौती दिन ‘थ्रेड्स’ ल्याउँदै मेटा

मङ्गलबार, १९ असार २०८०, १४ : ३५
मङ्गलबार, १९ असार २०८०

एजेन्सी । सामाजिक सञ्जालमा आफ्नो एकाधिकार कायम गर्ने लक्ष्य लिएको मेटाले ट्वीटरलाई टक्कर दिन ‘थ्रेड्स’ ल्याउने भएको छ । अधिकांश सामाजिक सञ्जाललाई आफ्नो स्वामित्वमा ल्याइसकेको मेटाले अब ट्वीटरसँग समेत समेत प्रतिस्पर्धा गर्ने भएको हो ।

सामाजिक सञ्जाल फेसबुकको प्यारेन्ट कम्पनी मेटाले इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व समेत खरिद गरिसकेको छ । अब ट्वीटर जस्तै माइक्रोब्लगिङ सञ्जाल समेत ल्याउने तयारी गरेसँगै मेटाको चर्चा झनै चुलिएको हो ।

समाचार संस्था बीबीसीका अनुसार मेटाले यही साता ‘थ्रेड्स’ सार्वजनिक गर्ने छ । हाल यो एप एप्पल स्टोरमा प्रि–अडरकारुपमा उपलब्ध छ । र, इन्स्टाग्राममा लिंक्ड समेत गरिएको छ । यो एपले विश्वका सबैभन्दा धनाड्य व्यक्ती एलन मस्कको ट्वीटरलाई चुनौती दिने आँकलन गरिएको छ ।

मेटाका मालिक मार्क जुकरवर्ग र मस्कबीच विगत लामो समयदेखि भर्चुअल दुनियाँमा नेतृत्व गर्ने दौड चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप