ट्वीटरलाई चुनौती दिन ‘थ्रेड्स’ ल्याउँदै मेटा
एजेन्सी । सामाजिक सञ्जालमा आफ्नो एकाधिकार कायम गर्ने लक्ष्य लिएको मेटाले ट्वीटरलाई टक्कर दिन ‘थ्रेड्स’ ल्याउने भएको छ । अधिकांश सामाजिक सञ्जाललाई आफ्नो स्वामित्वमा ल्याइसकेको मेटाले अब ट्वीटरसँग समेत समेत प्रतिस्पर्धा गर्ने भएको हो ।
सामाजिक सञ्जाल फेसबुकको प्यारेन्ट कम्पनी मेटाले इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व समेत खरिद गरिसकेको छ । अब ट्वीटर जस्तै माइक्रोब्लगिङ सञ्जाल समेत ल्याउने तयारी गरेसँगै मेटाको चर्चा झनै चुलिएको हो ।
समाचार संस्था बीबीसीका अनुसार मेटाले यही साता ‘थ्रेड्स’ सार्वजनिक गर्ने छ । हाल यो एप एप्पल स्टोरमा प्रि–अडरकारुपमा उपलब्ध छ । र, इन्स्टाग्राममा लिंक्ड समेत गरिएको छ । यो एपले विश्वका सबैभन्दा धनाड्य व्यक्ती एलन मस्कको ट्वीटरलाई चुनौती दिने आँकलन गरिएको छ ।
मेटाका मालिक मार्क जुकरवर्ग र मस्कबीच विगत लामो समयदेखि भर्चुअल दुनियाँमा नेतृत्व गर्ने दौड चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण