बार्सिलोनाले सजिलै हरायो रियल म्याड्रिडलाई
काठमाडौँ । प्रि-सिजन टुरका क्रममा हाल अमेरिकामा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आइतबार खेलिएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-० गोलले हराएको छ । खेलको प्रारम्भदेखि नै बार्सिलोनाले रियललाई दबाबमा राखेको थियो ।
पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेल सुरु भएको १५ औं मिनेटमै बार्सिलोनाका लागि असमेन डेम्बेलले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बार्सिलोना अगाडि रह्यो ।
निर्धारित समयको ८५ औं मिनेटमा फर्मिन लोपेज मार्टिनले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि फरान टोरेसले तेस्रो तथा अन्तिम गोल थपेका थिए ।
रियलले बार्सिलोनाको पोष्टमा केही गतिला प्रहार गरे पनि गोलमा भने परिणत हुन सकेन । रियलले जुड बेलिङ्घमले पनि मैदानमा ओरालेको थियो । इङ्ल्यान्डका २० वर्षीय मिडफिल्डर बेलिङ्घम यही सिजन रियलमा आबद्ध भएका हुन् ।
त्यसअघि उनी जर्मन क्लब बोरुसिया डर्टमन्डमा थिए । उनले गरेको एउटा कलात्मक हेड प्रहार पनि गोलमा परिणत हुन सकेन ।
अमेरिका भ्रमणका क्रममा बार्सिलोनाले इटालियन क्लब एसी मिलानसँग अगस्त २ तारिखमा लस भेगासमा अन्तिम खेल खेल्नेछ । रियल म्याड्रिडले भने युभेन्ट्ससँग अन्तिम खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण