भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेलद्वारा नेपाली महिलाको हत्या
देहरादुन । भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल रमेन्दु उपाध्याय रहेका छन् ।
उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माबीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो । ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन् । देहरादुन प्रहरीका अनुसार दुईबीच प्रेम सम्बन्ध सुरु भएपछि उपाध्यायले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए ।
शर्माको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । प्रहरीले २४ घण्टाभित्र नै अपराधीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पहिले नै विवाहित रहेका उपाध्यायलाई विवाह गर्न दबाब दिएपछि शर्माको हत्या भएको प्रहरीको भनाई छ । उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको थियो ।
डान्सबारमा भेटपछि दुई जनाको अफेयर तीन वर्ष चलेको थियो । देहरादुनमा उपाध्यायको पोस्टिङ भएपछि उनलाई सँगै त्यहाँ लगेर कोठा लिएर राखेका थिए । शनिबार एक क्लबमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए ।
सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १ः३० बजे उनले कार रोकेर हथौडाले महिलाको टाउको हिर्काउन थालेका थिए । शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए ।
प्रहरीसँगको बयानमा उनले शर्मासँग आफ्नो विवाहइत्तर सम्बन्ध रहेको र उनले विवाह गर्न दबाब दिएकै आधारमा हत्या गरेको स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण