युरोपेली सङ्घ टर्कीबाट अलग्गिएकाे एर्दोगानको आरोप
इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली सङ्घ टर्कीबाट अलग्गिएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोगानले रूसको युक्रेन आक्रमणपछि नेटो सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको अभियानमाथिको नाकाबन्दी फुकुवा गर्ने बदलामा सन् २००५ मा सुरु भएको सदस्यता वार्तालाई पुनरुत्थान गर्न ब्रसेल्सबाट प्रतिबद्धता प्राप्त गरेका थिए ।
यसै महिनाको सुरुमा ईयूका विस्तारमामिला आयुक्त ओलिभर भार्हेलीले टर्कीको भ्रमण गर्दै सदस्यताको ‘ठूलो सम्भावना’ भए पनि वार्ता पुनः सुरु हुनुअघि समूहले मानवअधिकारका मुद्दाहरूमा कदम चाल्नुपर्ने बताएका थिए ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क उड्नुअघि एर्दोगानले इस्तानबुलको अतातुर्क विमानस्थलमा पत्रकारसँग भने, “युरोपेली सङ्घले हामीबाट दूरी कायम गर्न खोजिरहेको छ ।”
उनले भने, “हामी आफ्नै स्थितिको मूल्याङ्कन गर्नेछौं र अर्को दिशा पनि लिन सक्नेछौं ।”
एर्दोगानले सन् २०१६ को जुलाईमा भएको असफल ‘कू’ पछिको सरकारको व्यापक दमन र वर्षौंदेखिको तनावपछि यसै बर्ष मे महिनामा सम्पन्न निर्वाचन जितेका थिए । चुनाव जितेपछि पश्चिमा मित्रराष्ट्रहरूसँगको बिग्रिएको सम्बन्ध सुधारलाई उनले प्राथमिकता दिएका छन् ।
भ्रमणका क्रममा भार्हेलीले भने, “युरोपेली परिषद्ले पनि स्पष्ट मापदण्ड तय गरेको छ, जसलाई सम्बोधन गर्न आवश्यक छ ।” “यी मापदण्डहरू लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित छन् र यो नै सुधारसाथ अगाडि बढ्ने विश्वसनीय रोडम्याप हो,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण