नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु
सोमबार, ०१ असोज २०८०, १८ : २६
नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
“नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण