सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुको स्वकीय सचिव हुँ भन्दै कर्मचारीहरुसँग पैसा उठाउँदै आएका एक जना पक्राउ परेका छन् ।
कालिकोट शुभकालिका गाउँपालिका–८ मुगराहा समाला घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ खजुरा बस्दै आएका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार सेजुवाललाई नेपालगञ्जको एक होटेलमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ गरेर धनगढी ल्याएको हो । आइतबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको हो ।
सेजुवालले सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भन्दै मातहतका कार्यालयका कर्मचारीसँग पैसा असुली धन्दा मच्चाएका थिए । उनले ९८५११७३३१८ नम्बरबाट फोन गरेर असुली धन्दा मच्चाएका थिए ।
पीडित कैलालीको जानकी गाउँपालिका ५ अमौरास्थित आधारभूत स्वास्थ्य केन्द्र अमौराका अहेब कृष्ण प्रसाद चौधरीलगायत दिएको उजुरीको आधारमा प्रहरी अनुसन्धान बढाएको थियो । कल डिटेल अनुसार सेजुवाल रहेको लोकेसन कैलाली जिल्ला बाहिर देखाएको थियो । जसकारण प्रहरीलाई पक्राउ गर्न चुनौती थपिएको थियो । अन्ततः उनको फोन लोकेसनको आधारमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
जिल्ला अदालत कैलालीबाट म्यादथपको अनुमति लिई अनुसन्धान जारी रहेकोले सेजुवालले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफूसँग भएको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडितहरुलाई जाहेरी दरखास्त पेश गर्न प्रहरीले अपिल समेत गरेको छ ।
सेजुवालले भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाका प्रमुख स्वकीय सचिव रमेशकुमार चन्द, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाख चौधरीको स्वकीय सचिव विकास ऐर हुँ भनेर डोटी र डडेल्धुरा, कैलालीका विभिन्न व्यक्तिबाट रकम असुलेका थिए । उनले ईसेवा आइडीमा पैसा पठाउन लगाउँथे ।
सेजुवालले २ हजारदेखि ३० हजार रुपैयाँसम्म पठाउनु भनेर व्यक्तिहरूलाई फोन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण