म्यानचेस्टर सिटी न्युक्यासलसँग स्तब्ध
बिहीबार, ११ असोज २०८०, ०९ : १२
लण्डन । म्यानचेस्टर सिटीलाई हराउँदै न्युक्यासल युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । गत वर्षको उपविजेता रहेको न्युक्यासल १–० गोलले विजयी बनेको हो ।
गत सिजनको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग हारेको न्युक्यासलले बुधबार रातिको खेलमा १० वटा खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको थियो । सिटी पनि परिवर्तित टोलीका साथ खेलमा आएको थियो । पहिलो हाफमा सिटीले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो ।
जुलियन अल्भारेजले गोल गर्ने दुईवटा सुन्दर अवसर गुमाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । खेलमा यही गोल नै निर्णायक बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण