कप्तान परिवर्तन गर्दा समर्थक रुष्ट, लाखौँले मुम्बई इन्डियन्सलाई अनफलो गर्दै
मुम्बई । इन्डियिन प्रिमियर लिग (आईपीएल) को २०२४ सिजनका लागि कप्तान परिवर्तन गर्ने मुम्बई इन्डियन्सको निर्णय फ्रेन्चाइजीका लागि सुखद देखिएको छैन । फ्रेन्चाइजीले केही दिनअघि मात्र लामो समयदेखि कप्तान रहँदै आएका रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाउने निर्णय गरेको थियो ।
क्लबका समर्थकहरू भने यस निर्णयबाट असन्तुष्ट देखिएका छन् । निर्णयबाट निराश बनेका उनीहरूले फ्रेन्चाइजीको सामाजिक सञ्जाललाई अनफलो गर्न थालेका छन् । पछिल्लो २४ घण्टामा मात्र मुम्बईले ७ लाखभन्दा बढी समर्थक गुमाएको छ । समाचार तयार पार्दासम्म क्लबको इन्सटाग्राममा फलोअर्सको सङ्ख्या घटेर १.२४ करोड पुगेको छ ।
दुई सिजन गुजरात टाइटन्सको नेतृत्व गरिरहेका हार्दिक यो सिजन आफ्नो पुरानो फ्रेन्चाइजीमा फर्किएका थिए । गुजरातमा रहँदा उनले पहिलो सिजनमा नै टोलीलाई आईपीएलको उपाधि दिलाएका थिए । यता भारतीय एकदिवसीय टोलीका कप्तान रोहित शर्माले सन् २०१३ देखि मुम्बईको नेतृत्व गर्दै आइरहेका थिए । मुम्बई आईपीएलको सबैभन्दा सफल टोलीमध्ये एक हो । टोलीले चेन्नई सुपर किंग्ससँगै ५–५ वटा उपाधि जितेको छ ।
उता, मुम्बईको फलोअर्स घटेपछि चेन्नई इन्सटाग्राममा सबैभन्दा धेरै फलोअर्स भएको आईपीएल टोली बनेको छ । चेन्नईको १.३१ करोड फलोअर्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026