बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीलाई पहिलोपटक क्लब विश्वकपको उपाधि

शनिबार, ०७ पुस २०८०, ०५ : ५३
शनिबार, ०७ पुस २०८०

रियाद । जुलियन अल्भारेजको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले फ्लुमिनेसेलाई हराउँदै पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ । सिटीले ब्राजिलियन टोलीलाई ४–० गोल अन्तरले सजिलै हराएको हो ।

पेप ग्वार्डिओलाको टोलीले खेलको ४० औँ सेकेन्डमा नै अग्रता लिएको थियो । अल्भारेजले सिटीका लागि पहिलो गोल गरे । २७ औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले दुई गोलको अग्रता बनायो ।

दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे भने  ८८ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे । योसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ ।

यसका साथै सिटीले यो वर्ष पाँचवटा उपाधि पनि जित्न सफल भएको छ । यस्तो गर्ने सिटी पहिलो इंग्लिस टोली हो । सिटीले यो वर्ष प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिगका साथै यूईएफए सुपरकप जितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप