सिटीलाई पहिलोपटक क्लब विश्वकपको उपाधि
रियाद । जुलियन अल्भारेजको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले फ्लुमिनेसेलाई हराउँदै पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ । सिटीले ब्राजिलियन टोलीलाई ४–० गोल अन्तरले सजिलै हराएको हो ।
पेप ग्वार्डिओलाको टोलीले खेलको ४० औँ सेकेन्डमा नै अग्रता लिएको थियो । अल्भारेजले सिटीका लागि पहिलो गोल गरे । २७ औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले दुई गोलको अग्रता बनायो ।
दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे भने ८८ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे । योसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ ।
यसका साथै सिटीले यो वर्ष पाँचवटा उपाधि पनि जित्न सफल भएको छ । यस्तो गर्ने सिटी पहिलो इंग्लिस टोली हो । सिटीले यो वर्ष प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिगका साथै यूईएफए सुपरकप जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण