सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख र प्रभासका फ्यानबीच झगडा

आइतबार, १५ पुस २०८०, ११ : ०२
आइतबार, १५ पुस २०८०

नयाँ दिल्ली । शाहरुख खानको फिल्म डंकी घोषणा भएदेखि नै सन् २०२३ को क्रिसमसमा रिलिज हुने भनिएको थियो । प्रभासको सालारको रिलिज डेट सर्दासर्दै डंकी नजिक आयो । डंकी यहि डिसेम्बर २२ मा रिलिज भएको थियो भने सालार डिसेम्बर २३ मा ।

दुबै सुपरस्टारका फ्यान फलोइङ धेरै छ । यी दुबैका कयौं फ्यान क्लब त सामाजिक सञ्जालमा पनि छन् । शाहरुख र प्रभासको फिल्म बक्स अफिसमा जुधिरहेका बेलामा सामाजिक सञ्जालमा फ्यानहरु पनि एक अर्कासँग भिडिरहेका छन् ।

डंकी पहिला आएकोले सालारको तुलनामा यसले धेरै स्क्रिन पाएको छ । अहिले दुबै सुपरस्टारका फ्यानहरुबीच बक्स अफिसको कलेक्शनमा गडबडी भएको भन्दै चर्काचर्की भइरहेको छ । यो चर्काचर्की बेतुकका भद्दा र गालीगलौजपूर्ण कुरामा परिणत भइरहेका छन् ।

यो देखेर सालारका निर्देशन प्रशान्त नीलले आफ्नो धारणा राखेका छन् । ‘फिल्ममा त यस्तो हुन्छ । फ्यानहरु आफूलाई मन पर्ने हिरोका लागि माहौल बनाउँछन्, कयौंपटक त भावनामा बग्छन् । फ्यानका लागि यो एक तरिकाले युद्ध जस्तै हुन्छ । तर हामी एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्दैनौं । हामी दुबै सँगसँगै बाँच्ने कोशिश गरिरहेका छौं,’ पिंकविलासँगको कुराकानीमा नीलले भने ।

सालार र डंकी दुबैले आफ्नो तरिकाले बक्स अफिसमा शानदार कमाइ गरिरहेका छन् । हिन्दी दर्शकहरुका लागि मात्रै बनेको डंकीले पहिलो हप्तामा १६० करोड भारुभन्दा धेरैको नेट कलेक्शन गर्दा सालारको कमाई पहिलो हप्तामा ३०० करोड भारु नाघेको थियो । केहीले प्रभासको वर्ल्डवाइड कलेक्शनबारे प्रश्न उठाएका थिए । केहीले कर्पोरेट बुकिङको कुरा उठाइरहेका छन् ।  

आफू यस्तो खालको कुनै पनि झैझगडाको हिस्सा बन्ने पक्षमा नरहेको नीलको भनाई छ । ‘मैले जे सुने, त्यो हिसाबले यो निकै खराब थियो । म साँच्चै चाहन्छु कि कुरा यहाँसम्म पुग्नु हुँदैनथ्यो । दुबै स्टार्स भारतीय सिनेमा जगतमा निकै ठूला हुन् अनि उनीहरुले वर्षौदेखि जुन मानसम्मान कमाएका छन्, यो उनीहरुले डिजर्भ गर्छन् । यो पूरै माहौल सिनेमाको लागि राम्रो होइन । यस्ता चिज कन्ट्रोल गर्ने कुनै तरिका हुँदैनन् । त्यसैले यसलाई इग्नोर गर्नुपर्छ’ उनले भने ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप