सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्षदेखिको सनी–शाहरुखको दुस्मनी अन्त्य

मङ्गलबार, १७ पुस २०८०, १३ : ३१
मङ्गलबार, १७ पुस २०८०

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र सनी देओलबिच पछिल्लो १९ वर्षदेखि सम्बन्ध राम्रो थिएन । दुईबिचको झगडा डर चलचित्रको सेटबाट सुरु भएको थियो । तर १९ वर्षपछि उक्त विवादमा पूर्णविराम लागेको छ ।

लामो समयदेखि चलिरहेको विवादलाई अन्त्य गर्दै सनीले शाहरुखलाई आफ्नो चलचित्र गदर–२ को सक्सेस पार्टीमा निमन्त्रणा गरे । शाहरुखले पनि आफ्नो व्यस्तताबिच समय निकालेर कार्यक्रममा पुगे । दुवैले अङ्कमाल गरेर विवाद अन्त्य गरे ।

78_1704092308

हालै पीटीआईलाई दिएको अन्तरवार्तामा सनीले शाहरुखसँगको विवादको बारेमा खुलेर कुरा गरेका छन् । उनले भने, ‘म शाहरुखप्रति आभारी छु । जब मैले उनलाई फोन गरेँ, उनी त्यो समय दुबईमा जवान चलचित्रको प्रमोसनमा व्यस्त थिए । मैले उनलाई गदर–२ को सक्सेस पार्टीमा निमन्त्रण गरेको थिएँ । मलाई लागेको थिएन उनी आउन पाउँछन् भनेर । तर, उनी समय निकालेर सिधै मेरो पार्टीमा आइपुगे । हामीले एक अर्कालाई अँगालो हाल्यौँ । पार्टीमा मैले उनीसँग खुलेर कुरा गर्न पाइनँ । तर, अब जब हामीले कुरा गर्ने अवसर पाउनेछौँ, राम्रो कुरा नै हुनेछ ।’

उनले थप भने, ‘अभिनेताको रूपमा हामीबिच कयौँ कुराहरू हुन्छन् । हामी युवा थियौँ, त्यो समय अर्कै थियो । समय बित्दै गएपछि हामी समझदार हुँदै जान्छौँ । हामी जीवनको सत्यता बुझ्दै जान्छौँ । समयले सबै कुरा ठिक गर्छ । हामी मानसिक रूपमा परिपक्व भएका छौँ । जब हामी युवा थियौँ, हामी यस्तो थिएनौँ । अब हामीलाई कहाँ गल्ती गर्‍यौँ भनेर महसुस भएको छ ।’

_1704092319

सनी र शाहरुखले सन् १९९३ मा रिलिज भएको यशराज चोपडाको चलचित्र डरमा सँगै काम गरेका थिए । सनी चलचित्रका हिरो थिए भने शाहरुख चलचित्रको खलपात्र रहेका थिए । 

चलचित्रमा शाहरुखलाई धेरै महत्त्व दिइएकोमा सनी खुसी थिएनन् । त्यसपछि दुवैबिच सम्बन्ध बिग्रियो । सेटमा विवाद भएपछि दुवैजना एक–अर्कासँग कुरा गर्न बन्द गरे र त्यसपछि कुनै पनि चलचित्रमा सँगै देखिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप