१९ वर्षदेखिको सनी–शाहरुखको दुस्मनी अन्त्य
मुम्बई । बलिउड अभिनेता शाहरुख खान र सनी देओलबिच पछिल्लो १९ वर्षदेखि सम्बन्ध राम्रो थिएन । दुईबिचको झगडा डर चलचित्रको सेटबाट सुरु भएको थियो । तर १९ वर्षपछि उक्त विवादमा पूर्णविराम लागेको छ ।
लामो समयदेखि चलिरहेको विवादलाई अन्त्य गर्दै सनीले शाहरुखलाई आफ्नो चलचित्र गदर–२ को सक्सेस पार्टीमा निमन्त्रणा गरे । शाहरुखले पनि आफ्नो व्यस्तताबिच समय निकालेर कार्यक्रममा पुगे । दुवैले अङ्कमाल गरेर विवाद अन्त्य गरे ।

हालै पीटीआईलाई दिएको अन्तरवार्तामा सनीले शाहरुखसँगको विवादको बारेमा खुलेर कुरा गरेका छन् । उनले भने, ‘म शाहरुखप्रति आभारी छु । जब मैले उनलाई फोन गरेँ, उनी त्यो समय दुबईमा जवान चलचित्रको प्रमोसनमा व्यस्त थिए । मैले उनलाई गदर–२ को सक्सेस पार्टीमा निमन्त्रण गरेको थिएँ । मलाई लागेको थिएन उनी आउन पाउँछन् भनेर । तर, उनी समय निकालेर सिधै मेरो पार्टीमा आइपुगे । हामीले एक अर्कालाई अँगालो हाल्यौँ । पार्टीमा मैले उनीसँग खुलेर कुरा गर्न पाइनँ । तर, अब जब हामीले कुरा गर्ने अवसर पाउनेछौँ, राम्रो कुरा नै हुनेछ ।’
उनले थप भने, ‘अभिनेताको रूपमा हामीबिच कयौँ कुराहरू हुन्छन् । हामी युवा थियौँ, त्यो समय अर्कै थियो । समय बित्दै गएपछि हामी समझदार हुँदै जान्छौँ । हामी जीवनको सत्यता बुझ्दै जान्छौँ । समयले सबै कुरा ठिक गर्छ । हामी मानसिक रूपमा परिपक्व भएका छौँ । जब हामी युवा थियौँ, हामी यस्तो थिएनौँ । अब हामीलाई कहाँ गल्ती गर्यौँ भनेर महसुस भएको छ ।’

सनी र शाहरुखले सन् १९९३ मा रिलिज भएको यशराज चोपडाको चलचित्र डरमा सँगै काम गरेका थिए । सनी चलचित्रका हिरो थिए भने शाहरुख चलचित्रको खलपात्र रहेका थिए ।
चलचित्रमा शाहरुखलाई धेरै महत्त्व दिइएकोमा सनी खुसी थिएनन् । त्यसपछि दुवैबिच सम्बन्ध बिग्रियो । सेटमा विवाद भएपछि दुवैजना एक–अर्कासँग कुरा गर्न बन्द गरे र त्यसपछि कुनै पनि चलचित्रमा सँगै देखिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण