शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, १८ पुस २०८०, २१ : ०१
बुधबार, १८ पुस २०८०

आज २०८० पुस १८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

राष्ट्रिय सभा निर्वाचन

सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको दाबी गरेका छन् । तर त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।

निषेधित क्षेत्र

राजनीतिक दलहरूले आफू सत्तामा हुँदा माइतीघर, बानेश्वर, शान्ति वाटिका लगायतका क्षेत्रमा निषेधाज्ञा लगाउने र सत्ताबाहिर भएपछि ती क्षेत्रमा खुला गर्न माग गर्ने दोहोरो नीति अबलम्बन गर्दै आएका छन् ।

प्रश्नपत्र आउट प्रकरण

मध्यपश्चिम विश्वविद्यालयमा विगत तीन महिनादेखि तनावपूर्ण अवस्थामा छ । सम्बन्धनको विषयलाई लिएर प्राध्यापक र विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दा उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले निवासबाट नै विश्वविद्यालय चलाइरहेका छन् । 

हवाई यात्रा

११ महिनाको अवधिमा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । 

 

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।

 

नेपाल वायुसेवा निगममा कार्यरत सबै जना विमान परिचारक र परिचारिका (क्याबिन क्रू) हरू आफूहरूमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको दाबीसहित न्यायको याचना सहित सर्वोच्च अदालत पुगेका छन् ।  उनीहरुले आफूहरूमाथि विभेदकारी व्यवहार भएको, सेवा–सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएकाले त्यस्ता प्रावधान खारेजीका माग गर्दै रिट निवेदन पेस गरेका छन् ।

सर्वोच्च अदालत

सर्वोच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् । 

रुसी सेनामा पठाउने गिरोह

‘भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाउने गिरोहविरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ७ जनाविरुद्ध बेचबिखन मुद्दा दायर गरेको हो ।

सीके राउत किन आक्रोशित ?

 जनमत पार्टीका अध्यक्ष डा. सीके राउत केही दिनदेखि सरकारप्रति आक्रोशित देखिएका छन् । औपचारिक कार्यक्रमदेखि सामाजिक सञ्जालमार्फत राउतले लगातार सरकार तथा प्रधानमन्त्री प्रचण्डप्रति आक्रोश पोखेका छन् ।

राप्रपाको निर्णय

कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया सुरु हुन सकेको छैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सभामुख दिए लिने निर्णय यसअघि नै गरिसकेको स्रोतको दाबी छ । यद्यपि उक्त निर्णय औपचारिक रूपमा हालसम्म सार्वजनिक भएको छैन । ‘२÷३ दिनपछि सबै कुरा आइहाल्छ किन हतारिनु,’ राप्रपाका सांसद अम्बरबहादुर विष्ट बताउँछन्, ‘निर्णय भएको भन्ने विषयमा भने मलाई थाहा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप